जनवरी २६ तारीखका दिन संसारभरि भन्सार दिवस मनाईन्छ, यसरी यस दिनमा भन्सार दिवस मनाईने कार्य भने विश्व भन्सार सङ्गठनले तय गरेको हो । यस वर्ष संसारभरिका देश अनि सरकारले ६६औं भन्सार दिवस मनाउँदै छन् । सरकारले आयात र निर्यातमा लगाउने करलाई भन्सार भनिन्छ, भन्सार भन्नाले एउटा देश र अर्को देशबिचको सीमामा भएको वस्तु र सामानको […]
Author Archives: smartpatro
राष्ट्रीय भूकम्प सुरक्षा दिवस
राष्ट्रिय भूकम्प सुरक्षा दिवस नेपालमा प्रत्येक वर्ष माघ महिनाको २ गते मनाइन्छ । विसं १९९० माघ २ गते नेपालमा आएको महाभुकम्पको सम्झनामा विसं २०५५ सालदेखि भुकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । विक्रम संवत १९९० सालमा गएको विनाशकारी भूकम्पले ८ हजार ६ सय नागरिकको ज्यान लिएको थियो भने २५ हजारभन्दा बढि नागरिकका घरहरु भत्केका थिए । सोही दिनको स्मरण […]
माघे संक्रान्ति
माघे संक्रान्ति, मकर संक्रान्ति, माघी नामले चिनिने किराँतहरुको नयाँ बर्षको रुपमा परम्परा देखि नै मनाउदै आएको देखिन्छ। यो नेपालको एक प्रमुख चाड हो। यो माघ महिनाको पहिलो दिन पर्दछ। ज्योतिष शास्त्रानुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर संक्रान्ति’ पनि भनिएको हो । सामान्यतया सूर्यले सबै राशि लाई प्रभावित गरेता […]
पृथ्वी जयन्ती – राष्ट्रिय एकता दिवस
पुष २७ गते लाई पृथ्वी जयन्ती र नेपालको राष्ट्रिय एकता दिवसको रूपमा मनाइन्छ। इतिहास शिरोमणी बाबुराम आचार्यको सुझावमा विक्रम सम्बत २०१२ देखि नेपालमा पुष २७ गते राष्ट्रिय एकता दिवसको रूपमा मनाउन थालिएको हो। पृथ्वी जयन्ती, नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गरेर मनाइँछ । गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा विसं. […]
सफला एकादशी
हिन्दू पञ्चाङ्गको एघारौं तिथिलाई एकादशी भनिन्छ । यो तिथि महिनामा दुई पल्ट आउँछ । पूर्णिमापछि र औंसी पछि। पूर्णिमापछि आउने एकादशीलाई कृष्ण पक्षको एकादशी र अमावस्यापछि आउने एकादशीलाई शुक्ल पक्षको एकादशी भनिन्छ । यी दुवै प्रकारका एकादशीहरूको हिन्दू सनातन संप्रदायमा धेरै महत्व छ । पुष महिनाको कृष्ण पक्षको एकादशीलाई सफला एकादशी भनिन्छ । सफला एकादशी व्रतको व्रतकथा पद्मपुराणमा पौष महिनाको कृष्णपक्षको एकादशीका विषयमा युधिष्ठिरले बताइदिन अनुरोध गरेपछि भगवान श्रीकृष्णले आज्ञा गर्नुभयो- ठूला-ठूला […]