हरेक वर्षको फ्रेबु्रअरी चार तारिखका दिन यो दिवस मनाउने गरिन्छ । विश्वमा हुने कुल मृत्युको करिव १३ प्रतिशत मानिस कुनै न कुनै क्यान्सरका रोगी रहेको डब्लुएचओको तथ्याङ्कमा उल्लेख छ । प्रत्येक ६ मध्ये १ जनाको मृत्यु क्यान्सरबाट हुने गरेको पाइन्छ । नेपालमा अझै ९० प्रतिशत क्यान्सर रोगी अन्तिम अवस्थामा अस्पताल जाने गरेकाले क्यान्सरबाट हुने मृत्युदर […]
Author Archives: smartpatro
विश्व सिमसार दिवस
विश्व सिमसार दिवस (World Wetlands Day) प्रत्येक वर्ष फ्रेब्रुअरी २ का दिन मनाइने दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँछ । सिमसार भन्नाले पानीको मुहानलगायत दलदल एवं पानी जमेको क्षेत्रलाई जनाउँछ । सिमसार जैविक विविधताको दृष्टिले महत्वपूर्ण प्राकृतिकस्थल हो । सिमसारले विभिन्न प्रजातिका जीवजन्तु तथा वनस्पतिलाई बासस्थान प्रदान गर्ने भएकाले नै सरकारले पनि सिमसार क्षेत्रको […]
राष्ट्रिय सहिद दिवस
सहिद दिवस देशका लागि प्राण आहुति दिने सहिदहरूको सम्झना गरिने दिन हो। नेपालमा माघ १६ गतेलाई सहिद दिवसको रूपमा मनाइन्छ। राणा शासन बिरूद्ध लडेका सहिदहरूको सम्झनामा सहिद दिवस मनाउन थालिएको हो। यस दिन सहिद धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री लगायतका सहिदहरूको सम्झना गरिन्छ । नेपालको पहिलो सहिद भनेर लखन थापालाई लिइने गरिन्छ। नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानिया राणा शासन, निरङ्कुश […]
श्री स्वस्थानी व्रत आरम्भ
शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने श्री स्वस्थानी व्रत र कथा वाचन आजदेखि सुरु भएको छ । श्री स्वस्थानी व्रत नेपाली महिलाहरूले गर्ने कठीन व्रतको पर्व हो । व्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ । सत्य युगमा भगवान विष्णुको सल्लाह अनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानी व्रत बसेको र चिताएको पुरा […]
नेपाल नर्सिंग दिवस
राष्ट्रिय नर्सिङ दिवस नेपालमा हरेक वर्ष जनवरी महिनाको २८ तारिखका दिन मनाइन्छ । विक्रम सम्वत २०१८ सालमा नेपाल नर्सिङ संघको स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष जनवरी २८ मा नर्सिङ दिवस मनाउने गरिन्छ । अन्तर्राष्ट्रिय नर्सिङ दिवस भने फ्लोरेन्स नाइटिङ्गेलको जन्मोत्सवको दिन मे १२मा मनाउने गरिन्छ । बिरामीको सेवालाई सँधै आफ्नो जीवन भन्दा महत्व दिने, जस्तो सुकै परिस्थितिमा पनि सेवा नै धर्म […]