मानव बेचविखन विरुद्धको राष्ट्रिय दिवस

नेपालमा हरेक वर्ष भाद्र २० गते मानव बेचबिखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवस मनाइन्छ। मन्त्रिपरिषद्को २०६४ साल जेठ ११ गतेको निर्णय अनुसार, वि.सं. २०६३ भाद्र २० गते सार्क महासन्धि अनुमोदन गरिएको दिनको स्मरणमा यो दिवस मनाउन सुरु गरिएको हो। यो दिवस मानव बेचबिखन विरुद्ध सचेतना फैलाउन र ऐक्यबद्धता जनाउन देशभर विविध कार्यक्रम गरी मनाइन्छ ।

राधाकृष्ण रथ यात्रा

विराटनगरमा प्रत्येक वर्ष श्री कृष्ण जन्माष्टमीको भोलिपल्ट युगल जोडी राधाकृष्ण राखेर निकालिने रथयात्राको अवलोकन गर्न नेपाल भारत लगायतका सयौ भक्तजन विराटनगर आउने गर्दछन । वि.स. १९८८ मा खटयात्राबाट सुरु रथयात्रा ०२४ सालदेखि रथयात्रामा परिणत गरिएको हो । ८ जनाले थालेको खटयात्रा अहिले रथ यात्रामा परिणत हुँदा प्रत्येक वर्ष ५ लाख बढी भक्तजन सहभागी रहेको छ […]

बाजुरा बडिमालिका मेला

बाजुरा – सुदूरपश्चिमकै प्रसिद्ध बाजुराको बडिमालिका मेला आज लाग्दैछ ।  हरेक वर्ष साउन शुक्लपक्षबाट यो मेला सुरु हुन्छ ।  जनैपूर्णिमाको अघिल्लो दिन बडिमालिकामा मुख्य पूजा गर्ने गरिन्छ । यसअघिका वर्षहरुमा बडिमालिकाको दर्शन गर्न सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशबाट हजारौँ सहभागी हुने गरेका छन ।  बाजुराका चार शक्तिपीठ बडिमालिका, बूढीनन्दा, बडालेक र सुनन्दामा साउन पूर्णिमाको अघिल्लो दिन […]

डोलेश्वर उत्सव

डोलेश्वर महादेव भक्तपुर सहरबाट दक्षिण-पूर्वी कुनोमा अवस्थित सिपाडोल गाउँमा रहेको महादेव मन्दिर हो । यसलाई केदारनाथको शिर पनि भनिन्छ । काठमाडौंबाट सूर्यविनायक गणेशमन्दिरतिर लाग्ने मोड भक्तपुरको पहिले ट्रलिबस रोकिने ठाउँसम्म पुगेर त्यहीँबाट सिपाडोल जान बस समाएर सूर्यविनायक गणेशमन्दिरको बायाँतिरबाट पन्ध्र मिनेट जत्तिकै बिमला नाम गरेको खोलावारी सिपाडोल बसपार्क पुगिन्छ। त्यहाँबाट पूर्वतर्फको कच्ची सडक हुँदै पैदल तल […]

थकाली तोरन्लह पर्व

म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसंख्यक थकाली समुदायमा तोरन ल्ह (फागुपूर्णीमा) पर्वको रौनक छाएको छ। नेपालका विभिन्न क्षेत्रमा ११ हजार जनाको संख्यामा बसोबास गर्ने थकाली समुदायले हरेक वर्ष फागुपूर्णीमाको अवसरमा परम्परागत तोरन ल्ह पर्व मनाउने गर्दछन्। फागुपूर्णीमाको अघिल्लो दिन सुरु हुने तोरनल्ह तीन दिनसम्म मनाउने चलन रहेको थकाली सेवा समिति बेनी क्षेत्रका अध्यक्ष सुन्दरमान शेरचनले […]