
बाजुरा – सुदूरपश्चिमकै प्रसिद्ध बाजुराको बडिमालिका मेला आज लाग्दैछ ।
हरेक वर्ष साउन शुक्लपक्षबाट यो मेला सुरु हुन्छ ।
जनैपूर्णिमाको अघिल्लो दिन बडिमालिकामा मुख्य पूजा गर्ने गरिन्छ । यसअघिका वर्षहरुमा बडिमालिकाको दर्शन गर्न सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशबाट हजारौँ सहभागी हुने गरेका छन ।

बाजुराका चार शक्तिपीठ बडिमालिका, बूढीनन्दा, बडालेक र सुनन्दामा साउन पूर्णिमाको अघिल्लो दिन परम्पराअनुसार एकसाथ पूजा गर्ने परम्परा छ ।
