पशुपतिनाथ छायाँदर्शन

प्रत्येक वर्ष माघ शुक्ल चतुर्दशीका दिन मनाइने पशुपतिनाथको छाया दर्शन पर्व मंगलबार पशुपति क्षेत्रमा विशेष रुपमा मनाइएको छ ।  सूर्य उत्तरायणतर्फ लागेर दिन लामा र न्याना हुन थालेर हिउँद ओरालो लाग्दा यो पर्व मनाउने गरिन्छ । यस दिन पशुपतिनाथ मन्दिरमा विशिष्ट पूजाअर्चना गरेर सर्वसाधारणलाई पशुपतिनाथको शिवलिंगको छायादर्शन गराउने चलन छ ।  पशुपति क्षेत्र विकास कोषको […]

फूलखर्क (धादिङ) गंगाजमुनामेला

उत्तरी धादिङको गङ्गा जमूना ५ फुलखर्कको ढाडखर्कमा अवस्थित गङ्गा जमुना माईको मेलामा हजारौ भक्तजनकहरको भिड लाग्ने गर्दछ । हरेक वर्ष कार्तिक शुक्ल दशमीको दिन लाग्ने उक्त मेलामा भकतजनहरु रातभर जाग्रम बसी नाचगान गरी भोली नुहाएर फर्कने गर्दछन । मेला स्थल गंगाजमुना झरना २ हजार ८ सय मिटर उचाइृमा रहेको पहरोबाट खसेर १ हजार ८ सय […]

हेटौडामा कूष्माण्ड सरोवर मेला

कुष्माण्ड सरोवर त्रिवेणी धाम (अङ्ग्रेजी: Kushmanda Sarowar Triveni Dham) देवी कुष्माण्ड भगवतीलाई समर्पित एक पवित्र हिन्दू तीर्थस्थल हो। ‘कुष्माण्ड’ शब्द तीन शब्दहरूको संयोजनबाट बनेको हो — कु (थोरै), उष्मा (तातोपन) र अण्ड (ब्रह्माण्ड)। देवी कुष्माण्डलाई सामान्यतया आठ वा दश हात भएको रूपमा चित्रण गरिन्छ, जसमा उनी हातमा अस्त्र–शस्त्र, जपमाला आदि धारण गरेकी हुन्छिन्। उनीलाई देवी दुर्गाको प्रसन्न रूप मानिन्छ र दशैँको अवसरमा […]

ज्योतिष दिवस

पहिलो पटक २०८० चैत्र शुल्क प्रतिपदा देखी औपचारिक रुपमा ज्योतिष दिवस मनाइको हो । सृष्टीको आरम्भ भएकै दिनलाई पहिलो आधार मानेर दिवस तय भएकोछ । वसन्त ऋतुको आगमन हुने दिन, ज्योतिषीय गणना प्रारम्भ भएको दिन तथा वर्ष फल सुन्ने र सुनाउने दिनका रुपमा चैत्र शुल्क प्रतिपदालाई शास्त्रले पनि प्रमाणित गरेकाले यस दिनको महत्व उच्च रहेकोछ।

काशी (वाराणसी) बडागणेशको उत्सब

काशीमा बडागणेशको उत्सव भारतको प्राचीन धार्मिक नगरी काशी (वाराणसी) विभिन्न देवी-देवताका मठ-मन्दिरहरू, तीर्थस्थलहरू, र भव्य पर्व-उत्सवहरूको केन्द्र हो। तिनैमध्ये बडागणेश उत्सव एक महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व मानिन्छ, जसले गणेश भक्तहरूलाई विशेष आकर्षित गर्छ। बडागणेश मन्दिर र यसको महत्त्व काशीमा अवस्थित बडागणेश मन्दिर भगवान गणेशलाई समर्पित एक प्रमुख तीर्थस्थल हो। यस मन्दिरमा गणेशजीको एक विशाल मूर्ति विराजमान छ, जसलाई […]