जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस

२०६३ साल जेठ २१ गते सरकारले नेपाललाई जातीय छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको थियो । त्यसै दिनको सम्झनामा वर्तमान सरकारले हरेक वर्ष जेठ २१ गतेलाई जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसका रुपमा मनाउने घोषणा गरेको छ । आज केन्द्रसंगै ७५ वटै जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा दिवस मनाईंदैछ । सरकारले प्रधानमन्त्रीको नेतृत्वमा जातीय भेदभाव तथा […]

वन उपभोक्ता दिवस

नेपालमा २०५१ सालमा सरकारले वन संरक्षणका लागि उपभोक्तालाई वन हस्तान्तरण गरेको दिनलाई दिवस मनाउने गरिएको छ । नेपालमा वन क्षेत्रको संरक्षण, सम्वद्र्धन र उपभोगमा आवद्ध उपभोक्तालाई थप जागरुक बनाउन वन उपभोक्ता दिवस मनाउने गरिएको छ । वन संरक्षण र उपयोग सम्बन्धि तरिकामा बनको सामुदायिकरण लोकप्रिय र प्रभावकारी मानिन्छ । सामुदायिक वनको माध्यमबाट उपभोक्ताहरूमा सामुहिक ऐक्यवद्धता […]

गणतन्त्र दिवस

जनआन्दोलन २०६२/६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । २३८ वर्ष लामो शाह वंश राजपरम्पराको अन्त्यको घोषणा भएको उक्त दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउन थालिएको छ । जेठ १५ गते गणतन्त्र दिवस अर्थात् नेपालको राजनीतिक इतिहासमा एउटा युगान्तकारी दिन । जनआन्दोलन २०६२/६३ को जगमा गणतन्त्र घोषणा […]

मदन आश्रित स्मृति दिवस

आजकै दिन २०५० जेठ ३ गते तत्कालिन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको दासढुङ्गामा भएको जीप दुर्घटनामा निधन भएको थियो । यो दिवस हरेक वर्ष नेकपाले नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय मृत्यु भएको दिनको सम्झनामा विभिन्न कार्यक्रम गरी मनाउँदै आएको छ । […]