राष्ट्रिय मेलमिलाप दिवस

आठबर्षको भारत प्रवासपछि २०३३ साल पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालासहित गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका नेता राष्ट्रिय एकता र मेलमिलापको सन्देशसहित नेपाल फर्किएका थिए । २०१७ सालमा तत्कालीन राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको सरकार बर्खास्त गर्दै निर्दलीय पञ्चायती ब्यवस्था शुरु गरेपछि कोइराला सहितका नेतालाई ७ बर्ष जेल पठाइएको थियो […]

राष्ट्रीय क्षयरोग दिवस

नेपाल क्षयरोग निवारण संस्था स्थापना भएको दिनको सम्झनामा हरेक बर्ष मंसिर १३ गते राष्ट्रिय क्षयरोग दिवस मनाउने गरिन्छ । क्षयरोग विरुद्ध जनचेतना जगाउने र उपचार सेवामा सहयोग पुर्याउने उद्देश्यले २०१० सालमा नेपाल क्षयरोग निवारण संस्था स्थापना गरिएको थियो । नेपालमा कुल जनसंख्याको ४५ प्रतिशतमा क्षयरोगको संक्रमण छ । विश्व स्वास्थ्य संगठनका अनुसार क्षयरोगबाट विश्वभर हरेक […]

फाल्गुनन्द जयन्ती

महागुरु फाल्गुनन्द (वि.सं. १९४२-२००५) (अन्य नाम फाल्गुनन्द लिङदेन, मुहिङगुम अङसीमाङ) हाङ्सम साम्यो या किराँत धर्मका महान गुरु तथा समाज सुधार थिए। फाल्गुनन्द आफ्नो जीवनको अन्तिम पलसम्म किराँत धर्म संस्कार संस्कृतिको उत्थान संरक्षणका निमित्त लागिरहे। यस बिच उनले देशद्रोहीको अभियोग पनि खेप्न परेको थियो। वि. सं. २००५ सालमा उनको देहान्त भएपछि किराँत संघ संस्थाहरूले हरेक वर्ष कार्तिक २५ गते फाल्गुनन्द जन्म जयन्ती मनाउदै आएका छ। […]

गैरआवासीय दिवस

पहिलो गैरआवासीय नेपाली सम्मेलन सुरु भएको दिन पारेर अक्टुबर ११ का दिनमा  मनाइँदै  आएको गैर आवासीय नेपाली दिवस भोली (११ अक्टुबर २०१८) मा विभिन्न कार्यक्रम मनाइँदैछ । यसै दिनलाई सन्दर्भ पारेर संघको सचिवालय आफ्नै भवनमा सार्ने र शंखमुलमा निर्मित उद्यान ललितपुर महानगरपालिकालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । यस्तै  ऐतिहासिक महत्व बोकेको सिन्धुलीगढीको पुनर्निर्माण योजनाको […]

सामाजिक सेवा दिवस

२०३४ साल असोज ६ मा समाजकल्याण परिषद्को स्थापना भएको दिनको अवसर पारेर यो दिवस मनाइँदै आएको हो । सेवा नै धर्म हो, मन वचन र कर्मले सेवा गरौँ भन्ने उद्देश्यले परिषद्को स्थापना भएको थियो ।समाज सेवामा नागरीकहरुको आकर्षण अनि नयाँ पुस्तालाई समाज सेवाप्रति अभिप्रेरित गर्नका लागि समाज कल्याण परिषद ले समाज सेवा दिवस मनाउन शुरु […]