पापांकुशा एकादशी

आश्विन महिनाको शुक्ल पक्षमा पर्ने एकादशी तिथीलाई पापाङ्कुशा एकादशी भनिन्छ । यस तिथीलाई नेपाल र भारत लगायत विभिन्न मुलुकमा बसोवास गर्ने हिन्दू धर्मावलम्बीहरूले व्रत धारण गरेर एक पर्वको रुपमा मनाउने गर्दछन् । व्रत कथा धर्मराज युधिष्ठिर प्रश्न गर्छन् – हे भगवान! आश्विन शुक्ल एकादशीको नाम के हो ? अब तपाईं कृपा गरेर यसको विधि तथा फल भन्नुहोस् । भगवान श्रीकृष्ण भन्न लागे- हे युधिष्ठिर! पापहरूको नाश गर्ने यस एकादशीको नाम पापांकुशा एकादशी हो […]

विजया दशमी

दशैं वा बडा दशैं (अन्य नाम: दशहरा, विजया दशमी नवरात्र आयुध-पूजा नेपालीहरूको प्रमुख चाड मानिन्छ । राष्ट्रिय चाड समेत मनिने दशैं (नवरात्र) हिन्दु धर्मवलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदा का दिनदेखि नवमी सम्म (नवरात्रभर) शक्तिको आराधना गरी दशौं दिन विहान दशमी का दिन आफूभन्दा ठुला मान्यजनहरुको हात बाट टीका-प्रसाद ग्रहण गरेर विशेष रुपमा पुर्णिमा सम्म (प्रसाद ग्रहणका लागि) मनाउने गर्छन् । आश्विन शुक्ल प्रतिपदा (घटस्थापना)मा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येक दिन फरक देवीहरूको पूजा हुन्छ । […]

महानवमी

नवरात्रिको नवौ दिनलाई महा नवमी भनिन्छ । विशेष गरी महालक्ष्मी देवीको पूजाआजा गरिन्छ । यसै दिन बिहान कलपूर्जा, हातहतियारहरू तथा सवारीका साधनहरू आदिलाई बलि दिई विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ । यस दिन अरू पूजाको अतिरिक्त विशेष गरी दुई वर्षदेखि दस वर्षसम्मका नवकन्याहरूको पनि पूजाआजा गरिन्छ । कन्या पूजाका बारेमा लेखिएको छ कि दस वर्षभन्दा बढी उमेर […]

फूलपाती

दशैंको पहिलो दिन जस्तै सप्तमी, अष्टमी, नवमी एवं दशमी तिथिको महत्व अधिक रहेको पाइन्छ । सप्तमी तिथिको दिन दशैंको लागि पूजा सामग्री स्वरूप फूलपाती आगममा प्रवेश गराउने कार्य हुन्छ । यस दिन सदर टुँडिखेलमा बढाइँ भएपछि फूलपाती स्वरूप केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्ती यी नौ प्रकारका पातहरूलाई पूजी प्रत्येकको नौका दरले दुर्गापूजा गरेको स्थानमा भित्र्याइन्छ। यी नौ पातमा क्रमशः ब्रह्माणी, रक्तचण्डिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, […]

घटस्थापना

आश्विन शुक्ल प्रतिपदाका दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि नवरात्रि आरम्भ हुन्छ । यसै दिन दुई महत्वपूर्ण कृत्य सम्पन्न गरिन्छ । एक कृत्य यस दिन जमरा राखिन्छ, अर्को यस दिन घट कलशको स्थापना गरी देवी-देवताको आवाहन गरिन्छ । यस दिन झिसमिसे बिहानीमै आत्मशुद्धि पश्चात् नदी, खोला, वगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या पञ्चमाटो ल्याई दशैं घर या पूजाकोठामा राखी […]