चैत्रकृष्ण एकादशीको व्रतको बारेमा जान्नको ईच्छा भएर युधिष्ठिरले श्रीकृष्णसँग जिज्ञासा राख्नुभयो । श्रीकृष्णले पनि पापमोचनीका एकादशीको व्रत गर्नाले चिताएको कुरा पुरा हुने र सिद्धि दिने तथा कल्याण गर्ने अनि भएभरका पाप हर्ने अनि धर्मै धर्म दिने जो एउटा विचित्र कथा छ ,त्यो कथा तिमीलाई सुनाउँछु भन्नुभयो । उहिले वसन्त ऋतुका बेलामा,फूलेका फूलहरुले ढकमम्क भएको,अप्सरा समुहहरुले […]
Category Archives: Festival
नाला मत्स्येन्द्रनाथ
काठमाडौँ उपत्यकामा चारवटा – पाटनको रातो मत्स्येन्द्रनाथ, काठमाडौँको सेतो मत्स्येन्द्रनाथ, चोभारको आदिनाथ र नालाको मत्स्येन्द्रनाथ मुख्य मानिन्छ। अन्य स्थानका मत्स्येन्द्रनाथझैँ नालाको सेतो मत्स्येन्द्रनाथको पनि आफ्नै जीवनचक्र चल्छ। यसअन्तर्गत मत्स्येन्द्रनाथको न्हंव अर्थात् महास्नान नालामा सम्पन्न हुन्छ, भने भोलि पल्ट रथयात्रा गरिन्छ। यस अवसरमा करुणामय र दीपङ्करलाई नालाको बजार क्षेत्रमा परिक्रमा गराइन्छ। नालाको सेतो मत्स्येन्द्रनाथलाई सृष्टिकान्ता लोकेश्वर […]
तराईमा होली
रंगहरुको पर्व होली अर्थात् फागु पर्व आज तराईमा मनाइँदै छ। पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने चलन छ। पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमाका दिन होली मनाउने र अष्टमीका दिन गाडिएको चिर ढलाई दहन गरेपछि होली पर्व सम्पन्न भएको हो। तराईका जिल्लामा आज रंग अवीर दलेर, शुभकामना साटासाट गर्दै, विभिन्न गीत गाउँदै होली […]
होली फागुपुर्णिमा
होली पर्व खासगरी नेपाली तथा भारतीयहरूले प्रत्येक बर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाइने हिन्दूहरूको प्रमुख चाड हो । नेपालमा पहाडी र तराईका क्षेत्रमा एक दिन अघि–पछि मनाउने चलन छ। हिन्दू संस्कृति अनुसार यसको इतिहास त्रेता युग सँग जोडिएको छ । त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रह्लादसंग यस चाडलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई आफ्नै बहिनी (प्रल्हादकी फुपु ) होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका […]
आमलकी एकादशी
आमलकी एकादशी एक पवित्र हिन्दू पर्व हो। यस दिन अमलाको बोटलाई भगवान विष्णु र लक्ष्मीको रूपमा पूजा गरिन्छ। हिन्दू पञ्चाङ्गको एघारौं तिथिलाई एकादशी भनिन्छ । यो तिथि महिनामा दुई पल्ट आउँछ। पूर्णिमापछि र औंसी पछि। पूर्णिमापछि आउने एकादशीलाई कृष्ण पक्षको एकादशी र अमावस्यापछि आउने एकादशीलाई शुक्ल पक्षको एकादशी भनिन्छ । यी दुवै प्रकारका एकादशीहरूको हिन्दू सनातन संप्रदायमा धेरै महत्व छ । फागुन शुक्ल पक्षको एकादशीलाई आमलकी एकादशी भनिन्छ । आमलकी एकादशी व्रत […]