श्रीपञ्चमी (सरस्वती पूजा)

श्रीपञ्चमी माघ शुक्ल पञ्चमीका दिन पर्ने गर्छ । चान्द्रमासको माघशुक्ल पञ्चमीलाई नै श्रीपञ्चमी वा वसन्त पञ्चमी भनिन्छ । विद्याकी अधिष्ठात्री देवी सरस्वतीको उपासना गर्ने विशेष दिनका रूपमा पनि यो दिन प्रसिद्ध छ । वसन्त ऋतु आगमनको पूर्वाभाष स्वरूप यस दिन वसन्त महिमा गायन एवं श्रवण गर्ने गरिन्छ  । विद्याकी देवी भगवती सरस्वतीको विशेष प्रिय दिन […]

सोनाम ल्होसार

सोनाम ल्होछार तामाङहरूले नयाँ वर्षको आरम्भको रूपमा मनाउने पर्व हो । प्रत्येक वर्ष माघ महिनाको शुक्ल पक्षमा पर्ने प्रतिपदा तिथीको दिन मनाइने सोनाम ल्होछार र चिनिया नयाँ बर्ष एकै दिन मनाइन्छ । अर्थ ‘ल्होछार’ दुइ शब्द मिलेर बनेको छ । जसको अर्थ ‘ल्हो’ अर्थात् वर्ष वा साल भन्ने हुन्छ भने ‘छार’ वा ‘सार’को अर्थ नयाँ भन्ने हुन्छ । यसैले ल्होसारको अर्थ ‘नयाँ […]

श्री स्वस्थानी व्रत आरम्भ

शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने श्री स्वस्थानी व्रत र कथा वाचन आजदेखि सुरु भएको छ । श्री स्वस्थानी व्रत नेपाली महिलाहरूले गर्ने कठीन व्रतको पर्व हो । व्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ । सत्य युगमा भगवान विष्णुको सल्लाह अनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानी व्रत बसेको र चिताएको पुरा […]

माघे संक्रान्ति

माघे संक्रान्ति, मकर संक्रान्ति, माघी नामले चिनिने किराँतहरुको नयाँ बर्षको रुपमा परम्परा देखि नै मनाउदै आएको देखिन्छ। यो नेपालको एक प्रमुख चाड हो। यो माघ महिनाको पहिलो दिन पर्दछ। ज्योतिष शास्त्रानुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर संक्रान्ति’ पनि भनिएको हो । सामान्यतया सूर्यले सबै राशि लाई प्रभावित गरेता […]

सफला एकादशी

हिन्दू पञ्चाङ्गको एघारौं तिथिलाई एकादशी भनिन्छ । यो तिथि महिनामा दुई पल्ट आउँछ । पूर्णिमापछि र औंसी पछि। पूर्णिमापछि आउने एकादशीलाई कृष्ण पक्षको एकादशी र अमावस्यापछि आउने एकादशीलाई शुक्ल पक्षको एकादशी भनिन्छ । यी दुवै प्रकारका एकादशीहरूको हिन्दू सनातन संप्रदायमा धेरै महत्व छ । पुष महिनाको कृष्ण पक्षको एकादशीलाई सफला एकादशी भनिन्छ । सफला एकादशी व्रतको व्रतकथा पद्मपुराणमा पौष महिनाको कृष्णपक्षको एकादशीका विषयमा युधिष्ठिरले बताइदिन अनुरोध गरेपछि भगवान श्रीकृष्णले आज्ञा गर्नुभयो- ठूला-ठूला […]