अपरा एकादशी व्रत

हिन्दु धर्ममा एकादशीको व्रतले महत्त्वपूर्ण स्थान राख्दछ । प्रत्येक वर्ष चौबीस एकादशिहरू हुन्छन् । अधिकमास अथवा मलमास परेको वर्ष यो संख्या बढेर २६ हुन जान्छ । ज्येष्ठ कृष्ण एकादशीलाई अपरा एकादशी अथवा अचला एकादशी भनिन्छ । यस दिनमा नेपाल तथा भारत लगायत विभिन्न मुलुकहरूमा बसोवास गर्ने हिन्दू धर्मावलम्बीहरूले व्रत गरेर पर्वको रुपमा मनाउने गर्दछन् । कथा महीध्वज नामका एक धर्मात्मा राजा थिए । राजाको कान्छो भाई वज्रध्वज दाजुसँग द्वेष राख्दथ्यो […]

भूमिरज

नेपालमा धर्ती दिवस लाई भूमिराज भनेर मनाइन्छ। भूमिराजलाई नेपालमा बर्षको सबैभन्दा लामो दिन मानिन्छ। नेपालमा बर्षभरीको लामो दिनको रूपमा असार ८ गते र सबैभन्दा छोटो दिन पुष ८ गतेलाई मान्ने प्रचलन छ । यस अनुसार बर्ष भरिकै लामो दिन असार ८ गते हो । यस दिनलाई भूमिराज भनेर नेपाली किसानहरू भूमिलाई पूज्ने गर्दछन् । त्यसले यसदिन पृथ्वी रजस्वला भएकी […]

जगन्नाथ रथयात्रा

 जगन्नाथको रथयात्रा विश्वभर एकै दिन असाढ शुक्ल पक्ष दितिय को दिन मनाइन्छ।  विष्णुका पूर्ण कला रूप श्रीकृष्णलाई संस्कृतमा जगन्नाथ नामले पुकारिन्छ । जगन्नाथलाई भारतको चार धाममध्ये पवित्र तीर्थस्थलसमेत मानिन्छ । बद्रीनाथ उत्तर खण्डको हिमालय, रामेश्वरम दक्षिणको तमिलनाडु प्रान्त, द्वारिका पश्चिम प्रान्त गुजरात, जगन्नाथ पुरी पूर्वप्रान्त उडिसामा अवस्थित छ । Ratha Yatra (also called as Car […]

देवपाटनमा गंगामाई रथयात्रा

प्रत्येक वर्ष आषाढ शुक्ल सप्तमीका दिन पशुपति क्षेत्रमा मनाइने आर्यघाट गङ्गामाईको रथयात्रा पुजारीले रथमार्गमा घुमाएर सम्पन्न गरिएको छ । विसं १८७० मा तत्कालीन राजा रणबहादुर शाहकी श्रीमती गङ्गा रानी बिरामी भएपछि पशुपति क्षेत्रमा रथयात्रा गरी ठीक भएकाले यात्रा शुरु भएको भन्ने लगतमा भेटिएको पशुपतिनाथ अमालकोट कचहरीका द्वारे पूर्ण डङ्गोलले जानकारी दिए ।

घोडेजात्रा

घोडा जात्राको मूल नाम पाहाँ चल्हे हो । पछिलो समय पाहा चल्हेलाई घोडा जात्रा भनदै आए पनि पुन पाहाँ चल्हे भने चलन स्थापित हुन था ले को पनि छन यस पर्वमा नेपा मंडल भित्र देबी देवताको जात्रा गरी मना उने चलन छ यही पाहा चल्हे नख मा पछी घोडा जात्रा थपेर घोडा जात्रा भन थालेको […]