महानवमी

नवरात्रिको नवौ दिनलाई महा नवमी भनिन्छ । विशेष गरी महालक्ष्मी देवीको पूजाआजा गरिन्छ । यसै दिन बिहान कलपूर्जा, हातहतियारहरू तथा सवारीका साधनहरू आदिलाई बलि दिई विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ । यस दिन अरू पूजाको अतिरिक्त विशेष गरी दुई वर्षदेखि दस वर्षसम्मका नवकन्याहरूको पनि पूजाआजा गरिन्छ । कन्या पूजाका बारेमा लेखिएको छ कि दस वर्षभन्दा बढी उमेर […]

विश्व विकास सूचना दिवस

सूचनाकाे पहुँचबाट काेहीपनि छुट्नु नहुने हेतुले संयुक्त राष्ट्रसंघकै पहलमा सन् १९७२ बाट विश्व विकास सूचना दिवस मनाउन थालिएकाे थियाे । सन् १९७२ मा संयुक्त राष्ट्र संघको साधारण सभाले विश्व विकास सूचना दिवस स्थापना गरेको हो र विश्व विकासको समस्या र तिनीहरूलाई समाधान गर्न अन्तर्राष्ट्रिय सहयोगलाई बलियो बनाउने संकल्प लिएको हो। त्यस एता हरेक वर्षको २४ अक्टोबरको दिनमा […]

संयुक्त राष्ट्रसंघ दिवस

संयुक्त राष्ट्र सङ्घ एक अन्तराष्ट्रिय संस्था हो। यसको स्थापना २४ अक्टोबर १९४५ मा भएको हो। सन् १९४५ अक्टोबर २४ का दिन स्थापना भएको संझनामा संयुक्त राष्ट्रसंघ दिवस मनाइन्छ । यसमा हाल १९३ राष्ट्रहरू सदस्य छन्, जसमा संसारका सबैजसो देशहरू पर्छ। सबै सदस्य राष्ट्रहरूलाई अन्तर्राष्ट्रिय कानुन, अन्तर्राष्ट्रिय सुरक्षा, आर्थिक विकास र सामाजिक निष्पक्षतामा आपसी सहयोग मिलोस भन्ने […]

फूलपाती

दशैंको पहिलो दिन जस्तै सप्तमी, अष्टमी, नवमी एवं दशमी तिथिको महत्व अधिक रहेको पाइन्छ । सप्तमी तिथिको दिन दशैंको लागि पूजा सामग्री स्वरूप फूलपाती आगममा प्रवेश गराउने कार्य हुन्छ । यस दिन सदर टुँडिखेलमा बढाइँ भएपछि फूलपाती स्वरूप केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्ती यी नौ प्रकारका पातहरूलाई पूजी प्रत्येकको नौका दरले दुर्गापूजा गरेको स्थानमा भित्र्याइन्छ। यी नौ पातमा क्रमशः ब्रह्माणी, रक्तचण्डिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, […]

विश्व गरिबी निवारण दिवस

विश्व गरिबी निवारण दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइन्छ । सन् १९९३ देखि अक्टोवर १७ तारिखका दिन गरिवी निवारण दिवस विश्वव्यापी रुपमा मनाईदै आइएको हो । नेपालमा हाल कूल जनसंख्याको झण्डै आधा प्रतिशत गरिबीको रेखामुनी रहको तथ्यांक रहेको छ । राष्ट्रसंघले शिक्षा, स्वास्थ्य तगाएत दैनिक जीवनका १० वटा परिसूचकको आधारमा गरिबीको परिभाषा गरिएको छ […]