
हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन पाल्पामा भगवती जात्रा मनाउने चलन छ । पहाडी जिल्ला पाल्पाको शानको रूपमा यो जात्रा मनाउने गरिन्छ। तानसेन, भगवतीटोलमा रहेको श्री ७ रणउज्जेश्वरी भगवतीको मूर्ति रथमा राखेर सिन्दुर जात्रा गर्ने चलन छ । यसैलाई भगवतीको रथयात्रा भनिने गरेका छ । जात्राको महत्त्व सन् १८७१/७२ को नेपाल अंग्रेज युद्ध गाँसिएको छ ।
काजी अमर सिंह थापाको कार्यकाल सकिँदा निजका नाति नयन सिंहका छोरा कर्णेल उजीरसिंह थापा पाल्पाका तैनाथवाला भएर वसेका थिए। सोही वेला अंग्रेजहरूले दुख दिने र नेपाललाई हडप्ने गरेका थिए। अंग्रेजहरूले नेपाल आफ्नो हातमा पार्न चारै तिरवाट आफ्नो सेना अगाडि वढाएका वेला उजीरसिंह थापा लडाईमा सामेल हुने मौका पाए।
मनोकामना देवी सँग प्रकट गरी युद्ध लड्न गएको र अग्रेजहरू उजीरसिंहको लडाइँ हार खाई फर्केको ईतिहासमा लेखिएको छ। जीतगढीको लडाइँमा नेपाली फौजले जित्यो। सन् १८७१-७३को नेपाल अंग्रेज युद्ध पछि कर्णेल उजीरसिंह थापाले एक विशाल तीनतले पेगोडा शैलीको मन्दिर वनाएका हुन्। मन्दिर वनाउन सन् १८७५/७६मा सकिएको थियो। यसैवेला देखि काठमाण्डौका जात्रावाट प्रभावित भएका उजीर सिंहले भगवतीको रथयात्रा निकाल्न सुरु गरेको इतिहास्विद् डा.कर्णबहादुर बाँनिया बताँउछन्।