गोस्वामी तुलसीदास जयन्ती

तुलसी दास (सन १५३२ देखि १६२३) जसलाई गोस्वामी तुलसीदासको नामले पनि चिनिन्छ । उनि एकजना सर्वप्रिय साधक र हिन्दु दर्शनका पुर्नव्याख्यानकार अनि कविका रुपमा धेरै प्रचलित छन् । विशेषतः भगवान श्री राम प्रतिको सर्मपण अनि उनका खण्डकाब्य “रामचरित्रमानस” र “सँस्कृत रामायण”को नयाँ अध्याय (तुलसीकृत रामायण) का लागी प्रसिद्ध छन् । तुलसी दासले यो जगत छाडेर […]

नाग पञ्चमी

नागपञ्चमी श्रावण महिनामा शुक्ल पक्षको पञ्चमीका दिन मनाइन्छ। यस दिनमा नागको पूजा गर्ने गरिन्छ। नागपञ्चमी एक श्रद्धा र विश्वासको पर्व हो। यस दिनमा नागको साथै नाग धारण गर्ने भगवान भोलेनाथको पूजा आराधना पनि गरिन्छ। नाग पञ्चमीको विशेषता नागपञ्चमीको दिन नागको चित्रमा दुध, दही, अक्षता, फुल, दुबो राखी गाईको गोबरको सहायताले घरको ढोका माथि अष्टनागको चित्र टाँस्ने गरिन्छ । […]

पुष्पलाल स्मृति दिवस

पुष्पलाल श्रेष्ठ – नेपाल कम्युनिष्ट पार्टीको संस्थापक नेता पुष्पलालको जन्म वि.सं. १९८१ असार १५ गते पूर्व २ नं. रामेछाप जिल्लामा पिता भक्तलाल र माता तुलसीकुमारीको माहिला छोराका रूपमा भएको थियो। पिता भक्तलाल २००९ सालको अखिल नेपाल न्यून वैतनिक सरकारी कर्मचारीहरूको हडतालको क्रममा एक्सन कमिटीको अध्यक्ष पनि बन्नुभएको थियो। वि.सं. १९९७ सालमा आफ्ना दाजु अमर शहीद गंगालाल श्रेष्ठलाई गोली ठोकी मार्नु ठीक एकदिनअघि भद्रगोल […]

बिपी स्मृति दिवस – बी.पी स्मृति दिवस

विश्वेश्वर प्रसाद कोइराला (इ.सं.१९१४ – २१ जुलाई १९८२) नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली, हिन्दी भाषाका साहित्यकार थिए । उनले आफ्नो जीवनको लामो समयसम्म नेपाली कांग्रेसको नेतृत्व, सन् १९५९ देखि १९६० सम्म नेपालको प्रधानमन्त्री, र नेपालमा प्रजातन्त्र स्थापाना गर्नको लागि राजनीतिक नेतृत्व प्रदान गरे । नेपाली भाषा साहित्यमामा उनले मनोबैज्ञानिक कथाहरूको नयाँ प्रयोग गरे । कोइरालाको बाबुको नाम कृष्णप्रसाद कोइराला हो। सुरूवाती […]

गथाँमुग च:ह्रे पूजा – गठेमङ्गल

रोपाईं पछिको पहिलो चाड गठेमङ्गल (घण्टाकर्ण चतुदर्शी) नेवार समुदायले दोबाटो र चौबाटोमा नर्कटको लिङ्गाकृत तीनखुट्टे गठेमङ्गल ठड्याई मनाउँछन्। साउन कृष्ण चतुर्दशीका दिन बिहानै गठेमङ्गल बनाई केटाहरूले ‘घण्टाकर्णको जगात ले’ भन्दै बटुवाहरूसँग जगात अर्थात् कर माग्ने परम्परा छ। गठेमङ्गलमा फलामका औंठी लगाउने गरिन्छ। यस चाडमा महिलाहरू हातमा मेहन्दी (लैंचा) लगाउने र स-साना नानीले आफूले खेल्ने पुतलीहरू औठीमा छुवाई घर लाने गर्छन् भने कसैले गठेमङ्गलमा […]