रमा एकादशी ब्रत

हिन्दू धर्ममा एकादशीको व्रतले महत्त्वपूर्ण स्थान राख्दछ । प्रत्येक वर्ष चौबीस एकादशीहरू हुन्छन् भने अधिकमासअथवा मलमास परेको वर्ष यो संख्या बढेर २६ हुन जान्छ कार्तिक महिनाको कृष्ण पक्षमा पर्ने एकादशीको नाम रमा एकादशी हो । यस तिथिमा नेपाल र भारत लगायत विभिन्न मुलुकहरूमा बसोवास गर्ने हिन्दू धर्मावलम्बीहरूले व्रत धारण गर्नुका साथै यसलाई एक पर्वको रूपमा मनाउने गर्दछन् ।

कथा

धर्मराज युधिष्ठिर भन्दछन् – हे भगवान! कार्तिक कृष्ण एकादशीको नाम के हो ? यसको विधि के हो ? यसलाई गर्नाले के फल मिल्दछ । त्यो तपाईँ विस्तारपूर्वक बताउनुहोस् । भगवान श्रीकृष्ण भन्दछन् – कार्तिक कृष्ण पक्षका एकादशीको नाम रमा एकादशी हो । यो ठुला-ठुला पापहरूको नाश गर्ने एकादशी हो । यसको माहात्म्य म तिमीलाई भन्छु, ध्यानपूर्वक सुन ।

हे राजन! प्राचीनकालमा मुचुकुन्द नामका एक राजा थिए । उनको देवराज इन्द्रसँग मित्रता थियो साथै यम, कुबेर, वरुण र विभीषण पनि उनका मित्र थिए । यि राजा ठुला धर्मात्मा, विष्णु भगवानका भक्त र न्यायका साथ राज गर्दथे । राजाकी एक कन्या थिइन्, कन्याको नाम चन्द्रभागा थियो । ति कन्याको विवाह चन्द्रसेनका पुत्र शोभनसँग भएको थियो । एक पटक शोभन ससुराली आए । त्यसै समय पुण्यदायिनी एकादशी (रमा एकादशी) पनि आउन लागेको थियो ।

व्रतको दिन नजिक आएपछि चन्द्रभागाको मनमा मेरा पति अत्यन्त दुर्बल छन् र मेरा पिताको आज्ञा अति कठोर छ भनेर अत्यन्त चिन्ता उत्पन्न भयो । दशमीका दिन राजाले ढोल पिटाए राज्य भरी एकादशीका दिन भोजन गर्नु हुन्न भनेर घोषणा गरेका थिए । ढोलको घोषणा सुन्दा शोभनलाई अत्यन्त चिन्ता भयो र आफ्नी पत्नीसँग भने- हे प्रिये! अब के गर्ने हो, म कसैगरी पनि भोक सहन गर्न सक्दैन । यस्तो उपाय गर जसले मेरो प्राण बाँच्न सकोस्, अन्यथा मेरो प्राण अवश्य जानेछ ।

चन्द्रभागा भन्छिन् – हे स्वामी! मेरा पिताको राजमा एकादशीका दिन कसैले पनि भोजन गर्न पाउँदैन । हात्ती, घोडा, उँट, बिरालो, गाई आदिले पनि घाँस, अन्न, जल आदि ग्रहण गर्न पाउदैनन् भने मान्छेको लागि त कुरै नगरौं । यदि तपाईँ भोजन गर्न चाहनु हुन्छ भने कुनै अर्को स्थान जानुस् , किनकी यदि तपाईँ यहीं रहन चाहनु हुन्छ भने तपाईँले अवश्य व्रत गर्नु पर्छ । यस्तो सुनेर शोभन भन्न लागे हे प्रिये! म अवश्य व्रत गर्छु, जो होला देखिजाला ।

यस प्रकार विचार गरेर शोभनले व्रत राखे र उनी भोक तिर्खाले अत्यन्त पिडित हुन लागे । सूर्य नारायण अस्त भएपछी रात्रिमा जागरणको समय आयो जागरण वैष्णवहरूलाई अत्यन्त हर्ष दिने समय थियो , तर शोभनका लागि अत्यन्त दु:खदायी भयो । प्रात:काल हुँदै शोभनको प्राण निस्किगो । राजाले सुगन्धित काष्ठले उनको दाह संस्कार गराए । चन्द्रभागाले आफ्ना पिताको आज्ञाले आफ्नो शरीरलाई दग्ध गरिनन् र शोभनक अन्तेष्टी क्रिया पछि आफ्ना पिताको घरमा नै बस्न लागिन् ।

रमा एकादशीका प्रभावले शोभनलाई मन्दराचल पर्वतमा धन-धान्यले युक्त तथा शत्रुहरूले रहित एक सुन्दर देवपुरी प्राप्त भयो । त्यो पुरी अत्यन्त सुन्दर रत्न र वैदुर्यमणि जटित स्वर्णका खम्बामा निर्मित अनेक प्रकारको स्फटिक मणिहरूले सुशोभित भवनमा बहुमूल्य वस्त्राभूषणहरू तथा छत्र र चँवरले विभूषित, गन्धर्व र अप्सराहरूले युक्त सिंहासनमा आरूढ यस्तो शोभायमान हुन्थे मानौ दोश्रो इन्द्र विराजमान छन् ।

एक पटक मुचुकुन्दका नगरमा बस्ने सोम शर्मा नामक एक ब्राह्मण तीर्थयात्रा गर्दै घूम्दा-घूम्दै त्यो ठाउँमा पुगे, उनले शोभनलाई राजाको जवाँई शोभन हो भनेर चिनेर नजिकै गए । शोभनले पनि उनलाई चिनेर आफ्नो आसनबाट उठेर उनको नजिकै आए र प्रणामादी गरेर कुशलका प्रश्न गरे । ब्राह्मणले भने- राजा मुचुकुन्द र तपाईँकी पत्नी कुशल छन् । नगरमा पनि सबै कुशल छन्, तर हे राजन! मलाई आश्चर्य लागेको छ । तपाईँ आफ्नो वृत्तान्त भन्नुहोस् यो सुन्दर नगर न कहिले देखिन्थ्यो, न सुनिन्थ्यो, यो तपाईँलाई कसरी प्राप्त भयो ।

शोभनले भने कार्तिक कृष्णका रमा एकादशीको व्रत गरेकाले मलाई यो नगर प्राप्त भयो, तर यो अस्थिर हो, यो स्थिर हुने उपाय गर्नुहोस् । ब्राह्मण भन्न लागे – हे राजन! यो स्थिर किन छैन र कसरी स्थिर हुन सक्छ है भन्नुहोस्, म अवश्यमेव त्यो उपाय गर्नेछु। मेरो यस कुरालाई तपाईँ मिथ्या न सम्झिनुहोस् शोभनले भने- मैले यो व्रत श्रद्धारहित भएर गरें अत: यो सबै अस्थिर छ । यदि तपाईँले मुचुकुन्दकी कन्या चन्द्रभागालाई यो सबै वृत्तान्त भन्नुभो भने यो स्थिर हुन सक्छ ।

यो सुनेर ती श्रेष्ठ ब्राह्मणले आफ्नो नगरमा फर्केर चन्द्रभागालाई सबै वृत्तान्त सुनाए । ब्राह्मणको वचन सुनेर चन्द्रभागा निकै प्रसन्नताले ब्राह्मणलाई भन्न लागिन्- हे ब्राह्मण! यो सबै कुरा तपाईँले प्रत्यक्ष देख्नुभो या स्वप्नका कुरा गर्नुहुन्छ ? ब्राह्मण भन्छन्- हे पुत्री! मैले महावनमा तिम्रा पतिलाई प्रत्यक्ष देखें । साथै कसैले विजय हुन नसक्ने देवताहरूको नगरका समान उनको नगर पनि देखें । उनले यो पनि भनेका छन् कि यो स्थिर छैन । जुन प्रकारले यो स्थिर रहन सक्छ त्यो उपाय गर्नुपर्छ ।

चन्द्रभागा भन्न लागिन् हे विप्र! तिमी मलाई त्यहाँ लिएर जानुहोस्, मलाई पतिदेवका दर्शनको तीव्र लालसा छ । म आफुले गरेका पुण्यदे यस नगरलाई स्थिर बनाइ दिन्छु । तपाईँ यस्तो कार्य गर्नुहोस् जिसले उनको र हाम्रो मिलन होस् किनकी वियोगीलाई मिलाइ दिनु महान पु्ण्य हो । सोम शर्मा यो कुरा सुनेर चन्द्रभागालाई लिएर मन्दराचल पर्वत नजिकैको वामदेव ऋषिका आश्रममा गए । वामदेवजीले सबै कुरा सुनेर वेद मन्त्रहरूको उच्चारणले चन्द्रभागाको अभिषेक गरे । तब ऋषिका मन्त्रका प्रभाव र एकादशीको व्रतले चन्द्रभागाको शरीर दिव्य भयो र उनले दिव्य गति प्राप्त गरिन् ।

त्यस पछि निकै प्रसन्नताका साथ आफ्नो पतिका नजिकै गईन् । आफ्नी प्रिय पत्नीलाई आएको देखेर शोभन अति प्रसन्न भए । उनलाई बोलाएर आफ्नो बायाँ तर्फ बसाले । चन्द्रभागा भन्न लागिन्- हे प्राणनाथ! तपाईँ मेरो पुण्यलाई ग्रहण गर्नुहोस् । आफ्नो पिताका घरमा म आठ वर्षको उमेर देखि विधिपूर्वक एकादशीको व्रत श्रद्धापूर्वक गर्दै आएकी छु । यस पुण्यका प्रतापले तपाईँको यो नगर स्थिर हुनेछ तथा समस्त कर्महरूबाट युक्त भएर प्रलयका अन्तसम्म रहनेछ । यस प्रकार चन्द्रभागाले दिव्य आभू‍षणहरू र वस्त्रहरूले सुसज्जित भएर आफ्ने पतिका साथमा आनन्दपूर्वक रहन लागिन् ।

हे राजन! यो मैले रमा एकादशीको माहात्म्य भने, जो मनुष्य यस व्रतलाई धारण गर्दछन्, उनका ब्रह्महत्यादि समस्त पाप नष्ट हुन जान्छन् । कृष्ण पक्ष र शुक्ल पक्ष दुबै एका‍दशिहरू समान हुन्, यिनमा कुनै भेदभाव छैन । दुबैले समान फल दिन्छन् । जो मनुष्य यस माहात्म्यलाई पढ्छन् अथवा सुन्छन्, उनिहरू समस्त पापहरूबाट छूटेर विष्णुलोकलाई प्राप्त गर्दछन् ।

1530