
नेपाल संम्वत ५१२ देखि मनाउन थालेको किम्ंवदन्ती रहेको पञ्चदान पर्वमा बौद्धधर्मावलम्वीहरुले पाँच दिपंकरहरुलाई बिहारबाट निकाली नगरका विभिन्न टोलमा दान दिने र ग्रहण गर्ने परम्परा छ ।
६ सय वर्ष अगाडिदेखि मनाउने गरिएको यो पर्व अन्यत्रभन्दा भक्तपुरमा फरक ढंगले मनाइने गरिन्छ।
यो पर्व गुँला महिना (श्रावण महिना) मा पहिलो पटक श्रावणशुक्ल अष्टमीको दिन पाटनमा मनाईन्छ। दोस्रो पटक भाद्र कृष्ण त्रयोदशी काठमाडौ, भक्तपुर, बनेपा, ठिमी, पनौती, कीर्तिपुर आदि ठाउँहरुमा मनाईन्छ ।