अक्षय तृतीया

अक्षय तृतीया बैशाख मासको शुक्ल पक्षको तृतीया तिथिलाई भनिन्छ । पुराण ग्रन्थहरू अनुसार यस दिनमा जो पनि शुभ कार्य गरिन्छ त्यसको अक्षय फल पाइन्छ भन्ने लोक विश्वास छ । यसै कारण अक्षय तृतीया भनिएको हो। सबै बाह्र महिनाका शुकल पक्षीय तृतीया शुभ छन् तर बैशाख महिनाको तिथि स्वयंसिद्ध मुहूर्तहरूमा मानिन्छ । भविष्य पुराण अनुसार यस तिथिको युगादि तिथिहरूमा गणना हुन्छ, सत्य युग र त्रेता युगको प्रारम्भ यसै तिथिबाट भएको थियो । भगवान विष्णुले नर-नारायण, हयग्रीव र परशुराम को अवतरण पनि यसै तिथिमा भएको थियो।

साँस्कृतिक पक्ष

हिन्दुशास्त्रहरूका अनुसार वर्षभरीमा कैंयौं विशेष योगहरू पर्छन । ती मध्ये एउटा महायोगको नाम हो अक्षय तृतीया (Axaya Tritiya)। यो महायोग वर्षमा केवल एक पटक मात्र पर्दछ । ज्योतिषहरूका अनुसार यस दिनमा गरिएका सबै सत्कर्महरूको अक्षय पुण्य प्राप्त हुन्छ । वर्षको सबभन्दा पवित्र दिन हुनाले अक्षय तृतीयालाई ‘बिघ्नविनाशक दिन’ पनि भनिन्छ । गर्मी महिनाको यस दिन भगवानको पूजा, आराधना, दान गर्ने र सातुसर्वत खुवाउने, खानेपानीको व्यवस्था गर्ने जस्ता काम सुस्वास्थ्य र परोपकारका दृष्टिबाट उपयोगी र महत्वपूर्ण मानिन्छ । हिन्दु कालगणना अनुसार चार स्वयं सिद्ध मुहूर्तहरू छन् ती मध्य एक हो ‘अक्षय तृतीया’ । बैशाख महिनाको शुक्ल पक्षको तृतीया तिथिलाई नै अक्षय तृतीया भनिन्छ । अक्षयको अर्थ हुन्छ कहिल्यै क्षय नभएर स्थायी रहने । पौराणिक कथा अनुसार विष्णुले परशुराम अवतार लिएकाले यस दिनलाई परशुराम जयन्तीका रुपमा पनि मनाइन्छ । परशुरामलाई विष्णुका दश अवतारमध्ये एक मानिन्छ । परशुराम चिरन्जीवी छन् । उनको आयुको क्षय भएन त्यसैले यस तिथिलाई चिरन्जीवी तिथि पनि भनिन्छ । चार युगहरूमा सत्य युग र त्रेता युगको प्रारम्भ यसै तृतीया तिथिबाट भएको हो । यसकारणले यस तिथिलाई ‘युगादितिथि’ पनि भनिन्छ । चार धामहरूमध्ये एक बद्रीनाथ धामको ढोका यसै दिन अर्थात अक्षय तृतीय तिथि कै दिन खोलिन्छ । भनिन्छ यस शुभ तिथिमा गरिएका दान पूजन हवन दक्षिणा या कुनै पुण्य कार्य अक्षय फल प्रदान गर्ने किसिमको हुन्छ । यो एक स्वयं सिद्ध मुहूर्त हो । यो कुनै पनि शुभ कार्य गर्नका लागि सबभन्दा राम्रो तिथि हो । वेदव्यासले यसै दिन महाभारतको रचना प्रारम्भ गरेका थिए । कुनै पनि शुभ वा मांगलिक कार्य यसै दिन सम्पन्न गर्न सकिन्छ । भगवान नरनारायण हयगृव एवं परशुरामको जन्म यसै तिथिमा भएको थियो । लोकमान्यता छ कि अक्षय तृतीयाका दिन रोहिणी नक्षत्र परेन भने दुष्टहरूको बलबृद्धि हुन्छ । यस दिन जलले भरिएका कलश जूत्ता गाई भूमि स्वर्णपात्रको दान गर्नु पर्छ । अक्षय फल प्राप्ति होस् भन्ने कामनाका साथ यस तिथिमा पितृ तर्पण गरिन्छ । वैशाख शुक्लपक्ष तृतीयाका दिन सातु र सर्वत दान गर्ने प्रचलन छ । दालचिनी ल्वाङ सुकुमेल अलैंची मह चिनी सख्खर र मिस्री मध्ये एक चिज लगाई सर्बत सँगै र जौको सातु दान गर्ने चलन छ । आज बुढाबुढीलाई छाता लौरो र कपडाको जुत्ता दान गर्ने तथा गच्छे भए गाई जमिन अन्न र सुन पनि सत्पात्रलाई दान दिइने गरिन्छ । यसै दिन कैलाशवासी महादेव र हिमालयकी छोरी पार्वतीको विवाह भएको विश्वास गरिन्छ । शास्त्रीय विधान अनुसार आज दियो कलश र गणेशलाई पूजी कलस माथि अष्टदल लेखेको तामाको थाली राखेर अष्टदलमा पूजा गरिन्छ । शास्त्रमा अक्षय तृतीया एवं अक्षय तृतीयाको माहात्म्य 

  1. शुभ एवं पूजनीय कार्य यसै दिन गरिन्छ, जसबाट प्राणी (मनुष्य) को जीवन धन्य हुन जान्छ ।
  2. यस दिनबाट सत्ययुग र त्रेतायुगको आरम्भ भएको विश्वास गरिन्छ ।
  3. श्री परशुराम जी को अवतरण पनि यसै दिन भएको थियो ।
  4. यसै दिन चारधाम मध्ये एक श्री बद्रीनारायणको ढोका खुल्दछन ।
  5. नर-नारायण यसै दिन अवतरित हुनु भएको थियो ।
  6. हयग्रीवको अवतार पनि यसै दिन भएको थियो ।
  7. वृंदावनका श्री बाँकेबिहारीको मन्दिरमा यसै दिन श्रीविग्रहको चरणको दर्शन गर्न सकिन्छ अन्यथा सम्पूर्ण वर्ष श्रीचरणलाई लुगाले ढाकिन्छ ।
  8. जो मनुष्य यस दिन गंगास्नान गर्दछ, त्यसलाई अनेकौ पापबाट मुक्ति मिल्दछ ।
  9. यस दिन परशुराम जी को पूजा गरेर उनलाई अर्घ्य दिँदा ठूलो पुण्य प्राप्त हुने मान्यता छ ।
  10. श्रीकृष्णले पनि यस तिथिलाई परम पुण्यमय मान्नु भएको छ । यस दिन मध्याह्न भन्दा पहिले नै स्नान, जप, तप, होम, स्वाध्याय, पितृ-तर्पण तथा दान आदि संपन्न गर्ने महाभाग व्यक्तित्वले अक्षय पुण्यफलको भागी हुने अवसर प्राप्त गर्दछ ।

परशुराम जयन्ती

परशुराम जयन्ती भगवान विष्णुका दशावतार मध्येका एक भगवान परशुरामको जन्मजयन्ती वैशाख शुक्ल पक्षको तृतीया तिथिमा मनाइन्छ । यसै दिन अक्षय तृतीया पर्व पनि मनाइन्छ । महर्षि जमदग्नी र रेणुकाका छोरा परशुराम भगवान विष्णुका छैटौं अवतार थिए ।

यो तिथिलाई प्रदोष व्यापिनी मान्नुपर्छ किनभने भगवान् परशुरामको प्रकट काल प्रदोष काल मात्रै हो । भगवान परशुराम पृथ्वीमा भएका अष्ट चिरन्जीवी मध्ये एक हुन । भगवान् परशुराम अमर हुनुहुन्छ अश्वत्थामा बलिव्यासो हनूमांश्च विभीषण:। कृप: परशुरामश्च सप्तएतै चिरजीविन:॥ सप्तैतान् संस्मरेन्नित्यं मार्कण्डेयमथाष्टमम्। जीवेद्वर्षशतं सोपि सर्वव्याधिविवर्जित।। पुराणले हनुमान जी, अश्वत्थामा, कृपाचार्य, भगवान परशुराम, ऋषि मार्कण्डेय, राजा बलि, महर्षि वेदव्यास तथा विभीषण सहित ८ महापुरुषलाई अष्ट चिरन्जीवी मानेको छ । 

यसरी रामबाट परशुराम बने भगवान परशुरामको जन्मपछि उनका अभिभावकले उनको नाम ‘राम’ राखेका थिए । उनी भगवान शंकरका प्रखर भक्त थिए । उनको तपस्याबाट प्रसन्न भएर महादेवले उनलाई अनेकन हतियार दिएका थिए जसमध्ये एउटा बन्चरो पनि थियो । बन्चरो (फरसा )लाई परशु पनि भनिन्छ। बञ्चरो पाएपछि उनी परशुरामकन नामले चिनिन थाले । श्री कृष्ण लाई जिम्मा लगाएका थिए सुदर्शन चक्र परशुरामले भगवान विष्णुको आठौं अवतार श्रीकृष्णलाई सुदर्शन चक्र हस्तान्तरण गरेका थिए।

शिक्षा प्राप्त गरिसकेपछि भगवान कृष्णले परशुरामलाई भेट्दा दुष्टको नाश गर्न भन्दै उनले सुदर्शन चक्र दिए । त्यति बेला परशुरामले भनेका थिए अब यो जमाना श्रीकृष्णहरुको हो । शास्त्रमा भगवान परशुरामको अवतार सबैभन्दा गहन र व्यापक छ । भनिन्छ – परशुराममा क्रोध प्रवल रुपमा थियो । उनले पृथ्वीमा बढ्दो अत्याचार रोक्न २१ पटक क्षेत्रिहरूको हत्या गरे । अर्कातर्फ भगवान परशुरामले आफ्नो बुबाको आदेश पालन गर्न आफ्नी आमालाई मारेका थिए, यद्यपि पछि उनले आफ्नो बुबासँग वरदान मागेर आमालाई पुनर्जीवित गरे ।

646