चाँगुनारायण अखण्डदीप दर्शन

चाँगुनारायण मन्दिरमा बालिएको अखण्ड दीप दर्शनका लागि हजारौ दर्शनार्थी आउछन।
चाँगुनारायणको अखण्ड दीपलाई हरिबोधनी एकादशीको भोलिपल्ट अर्थात् साँझदेखि दर्शनका लागि मन्दिरको मुख्यद्वार पश्चिमपट्टकिो ढोकाअगाडि राखिएको अखण्ड दीप दर्शन गर्न भक्तपुर, काठमाडौं, ललितपुर, काभ्रे र साँखुका हजाराँै दर्शनार्थीको भीड लाग्ने गर्दछ ।
दर्शनका लागि रातभर राखिएको अखण्ड दीप दर्शन गरेमा मृत्युपश्चात् यमलोकमा यमराजले अखण्ड दीपको दर्शन गरेको छ कि छैन भनेर सोध्ने र दर्शन गरेकालाई स्वर्ग जान सहज हुने किंवदन्ती रहेको बताइन्छ  ।

चाँगुनारायण मन्दिर

विश्वसम्पदा सूचीमा सूचीकृत यस चाँगुनारायण मन्दिरको निर्माण किरात कालिन राजाहरु द्वारा बनाएको भन्ने भनाई पाइन्छ । नेपालको प्रसिद्ध तीर्थ स्थल मध्येको एक र प्राचिन पुरातात्विक शिलास्तभ समेत रहेको चाँगुनारायण मन्दिर भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकामा अवस्थित छ । भक्तपुर नगरबाट ६ कि.मी. उत्तरमा रहेको चाँगुनारायण मन्दिर ऐतिहासिक, कलात्मक र धार्मिक दृष्टिकोणले मात्र नभई प्रमुख पर्यटकीय क्षेत्रको रूपमा पनि महत्त्वपूर्ण रहेको पाइन्छ । काठमाडौँ उपत्यकामा रहेको सात विश्व सम्पदा सूची मध्ये चाँगुनारायण पनि एक हो । उपत्यकामा रहेको प्राचिन मन्दिरमा सवभन्दा पुरानो मानिने यस मन्दिरलाई सन् १९७९ मा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचिकृत गरिएको हो । तेलकोट भन्ज्याङ्ग-तेलकोट डाँडा-चाँगु आउने रुट उपत्यकाकै सबभन्दा राम्रो ट्रेकिङ्ग रुट मानिन्छ । साथै यो क्षेत्र नगरकोटको ट्रेकिङ गर्न तथा काठमाडौँ उपत्यकाको दृष्यावलोकका लागि पनि प्रसिद्ध छ ।

2230