महाअष्ठमी

महाष्टमी  नेपालको सबैभन्दा ठूलो र महत्वपूर्ण हिन्दू पर्व दशैंको आठौं दिन मनाइन्छ। यो दिन विशेष गरी शक्तिका देवी कालरात्रि र कात्यायनीका पूजा अर्चना गरिन्छ, जसलाई युद्धका देवी र रक्षिका मानिन्छ। महाष्टमीको दिन, देवी दुर्गाको पूजा र व्रत गर्ने परंपरा विशेष महत्त्वपूर्ण मानिन्छ, र यस दिन युद्धको विजय र रक्षाको प्रतीकका रूपमा दशै पूजन गरिन्छ।

महाष्टमीको दिन, विशेष रूपमा घरको प्रत्येक सदस्यले शारीरिक र मानसिक सफा राख्नका लागि पूजा गर्नुपर्छ। यो दिन दान, पूजा, र उपवासको माध्यमबाट समृद्धि र शान्तिको कामना गर्ने दिन मानिन्छ। नेपालका विभिन्न स्थानमा महाष्टमीको दिन विशेष रूपमा रथयात्रा र मेला आयोजना गरिन्छ, जसले पर्वको महत्व र धार्मिक आस्थालाई प्रकट गर्दछ।

महाअष्टमीको परम्परागत विधी र बुझाई

महाअष्टमी मनाउनुको पछाडि धार्मिक कथन यस्तो छ, ‘प्राचिन कालमा दक्षप्रजापतिको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली भद्रकाली करोडौं योनी (शक्ति)का साथ यसै अष्टमीका दिन उत्पन्न भएका थिए ।’

त्यसलै यस दिन उनको पूजा सोह्र सामग्रीले गरिने बताइएको छ ।  साथै यसदिन नवदुर्गाका ९ वटा रुपहरू शैलपुत्री, ब्रम्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धदात्री आदि पार्वतीको विभिन्न स्वरुपको पूजाआजा गरिने उल्लेख छ । महाअष्टमी र महानवमीबीचको रातलाई कालरात्रि मानेर रातभर गुप्तपूजा गरिन्छ ।

1516