
सूर्य सनातन धर्म दर्शनका प्रमुख देवताहरू मध्ये एक हुन जस्लाइ स्वर्ग लोक (धर्तीका दोषहरु रहित क्षेत्र) का अग्नी पनि बताइन्छ ।अधिकांश अन्य देवताहरु सुक्ष्म हुँने हुँदा चिन्न र उपासना गर्न सहज नहुँने भएतापनि सुर्य प्रत्यक्ष देवता हुँनाले धेरैले सहजै उपासना गर्न सक्दछन । सुर्यलाइ शिव का तिन नेत्र मध्ये एक मानिन्छ । पृथ्वी देखी असंख्य योजन पर यहाँको गतीबीधी र क्रीयाकलापले केही असर नगर्ने,सबैबाट स्वतन्त्र आफ्नै नियम र गतीमा नीरन्तर अवीराम यज्ञ गर्ने अर्थात प्रकाश,ताप,उर्जा उत्सर्जनको आफ्नो काम गर्ने सूर्य प्रती आदार भावले दीइएको व्यक्तीत्वलाइ नै सूर्य देव अथवा सूर्य देवता भनिन्छ । शास्त्र पढ्न नसक्ने वा पढ्न रुची नहुँनेले हेरेर नै सूर्यबारे जानुन भनी सूर्यका चीत्र वा बीग्रह रूप मुर्ती बनाइन्छ । सूर्यका चित्र र मुर्तीको गहन अध्ययनबाट सूर्यका गुण,काम,स्वभाव आदी कुराहरु, प्रतीकात्मकता बुझ्रन सक्ने जो कोहीले अक्षर को ज्ञान बीनै जान्न सक्दछ ।
सूर्यको पूजा गरिने प्रमूख चाड छठ तथा मकर सक्रान्ति हो।

सूर्यलाई नमस्कार गर्दा भनिने १२ मन्त्रहरू :
- ॐ मित्राय नम
- ॐ रवये नमः
- ॐ सूर्याय नमः
- ॐ भानवे नमः
- ॐ खगाय नमः
- ॐ पुष्णे नमः
- ॐ हिरण्यगर्भाय नमः
- ॐ मारिचाये नमः
- ॐ आदित्याय नमः
- ॐ सावित्रे नमः
- ॐ अर्काय नमः
- ॐ भास्कराय नमः
ऋग्वेद,को ३५ अध्यायमा उल्लेख गरिएको सुर्य मन्त्र: आ कृष्णेन् रजसा वर्तमानो निवेशयन्न अमृतं मर्त्यं च ।हिरण्ययेन सविता रथेना देवो याति भुवनानि पश्यन ॥