विश्व योग दिवस

आज संसारभरि लोकप्रिय भएको योग शब्द कर्मयोग, ज्ञानयोग, ध्यानयोग अनेक रुपमा हिन्दु, बौद्ध, र जैन संस्कृतिमा व्यवहार भइरहेको शब्द हो । योगको सोझो अर्थ हो जोड्नु । योगको क्रियाले पनि मानवीय चेतनालाई यसका अनेक आयामसंग सम्बन्धित गर्न सक्छ– शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, ज्ञान, त्याग, वैराग्य इत्यादि । यी सबैको केन्द्रमा गरिने सम्बन्धनलाई नै योगको रुपमा बुझिन्छ । वास्तवमा योगले जीवात्मालाई परमात्मासंग जोड्छ । यस जोड्ने क्रियालाई योग भनिन्छ ।
योगश्चित्तवृत्ति निरोधः ।।योगसूत्र ।।

चित्त वृत्तिको निरोध नै योग हो । यो भनाई हो पतञ्जलिको । योगको उद्देश्य चित्त वृत्तिहरुको निरोध हो । अर्थात् चित्त र वृत्तिलाई ठीक बाटोमा डोर्याउनु नै योग हो ।
यौगिक क्रियाको वैज्ञानिक व्याख्या सर्वप्रथम पतञ्जलिले योग सूत्रमा गरेका हुन् । यस पुस्तकका संसारका सबै भाषाहरुमा अनुवाद भइसकेको छ । व्यास र वाचस्पति मिश्रले यस ग्रन्थको सबभन्दा पहिले व्याख्या गरेका हुन् । त्यस पछि अनेक व्याख्या गरिएको छन् । जैन गुरु हेमचन्द्रले यसलाई जैन धर्मको ध्यानविधिमा प्रयोगमा ल्याएका हुन् । अरु संस्कृतिको कुनै पनि कुरा स्वीकार नगर्ने यहुदी समुदायले समेत योगसूत्रको अनसावद गरेर यसलाई व्यवहारमा ल्याइरहेका छन् ।
यसलाई योग र ध्यानका आधारको रुपमा लिइएको छ । पहिलो योग सूत्रको रचयिता भगवान शिवलाई मानिन्छ । शिवले गरेको ध्यानको मूर्ति सबभन्दा प्राचीन मूर्ति हो । महावीर जैनको पनि ध्यानका मूर्तिहरु पाइन्छन् । भगवान् बुद्धको ध्यान मूर्ति विश्वप्रसिद्ध नै छ । यसै गरी योगशास्त्र भने भगवान् कृष्णको योगदान मानिन्छ र उनलाई योगेश्वर भनिन्छ । उनको उपदेश गीतालाई योगशास्त्र भनिन्छ । योग सूत्रमा बताएका अधिकांश कुरा गीतामा पनि छन् । यस प्रकार अप्रत्यक्ष रुपमा अन्तराष्ट्रिय योग दिवस गीताका उपदेशको सामान्य स्वीकृति पनि हो ।
विश्व योग दिवस
अन्तर्राष्ट्रिय योग दिवसलाइ विश्व योग दिवसपनि भनिन्छ । विश्व योग दिवस मनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको प्रस्ताव संयुक्त राष्ट्र संघले स्वीकार गरेपछि जुन २१ लाई विश्व योग दिवसका रुपमा मनाइने भएको हो्।[१]
योगका केही प्रचलनहरु
वर्तमान समयमा योगका केही वर्तमान प्रचलनहरु यस प्रकार छन्
- विपश्यना ध्यान,
- कुण्डिलीनी ध्यान,
- राजयोग ध्यान,
- भावातीत ध्यान
- सक्रिय ध्यान
- ज्योतिध्र्यान
- सहजध्यान
- सुदर्शन ध्यान
योग र ध्यानबाट फाइदा
योगलाई आज शारीरिक र मानसिक स्वास्थ्यका दृष्टिले सर्वाधिक महत्त्वपूर्ण मानिन्छ । यूरोपका देशहरुले योगासन गर्नका लागि सार्वजनिक स्थलहरु निर्माण गरेका छन् । खडी देशहरुमा योगासनको माध्यमबाट शयकडौं मानिसहरुले स्वास्थ्यलाभ गरिरहेका छन् । योग र ध्यानबाट निम्नलिखित फाइदा प्राप्त हुने कुरालाई आधुनिक चिकित्सापद्धति र व्यवस्थापन शास्त्रका दृष्टिले समेत स्वकार गरिएको छ–
- राम्रो स्वास्थ्य
- कार्यक्षमतामा वृद्धि
- चिन्ताबाट छुटकारा
- मानसिक शान्ति
- रोग प्रतिरोध क्षमतामा वृद्धि
- तन, मन र आत्मा बीचको लयात्मकता
- अनावश्यक विचारबाट मुक्ति
- सकारात्मक सोचको विकास
- ऊर्जाको केन्द्रीकरण
- आन्तरिक शक्तिको सञ्चार
- आफ्नो परिस्थितिलाई ठीक ठीक बुझ्ने क्षमताको विकास
- आत्म ज्ञान प्राप्ति
विश्व संगीत दिवस
संगीतले मानव जीवनमा पार्ने सकारात्मक प्रभाव र यसको महत्व स्मरण गर्दै हरेक वर्ष जुन २१ मा विभिन्न सांगीतिक कार्यक्रम गरी संगीत दिवस मनाउने गरिन्छ ।

कसरी सुरु भयो विश्व संगीत दिवस ?
सन् १९८२ मा फ्रान्सको पेरिसमा पहिलो पटक संगीत दिवस मनाइएको थियो। विश्व संगीत दिवसको परिकल्पना अमेरिकी संगीतकार जोल कोहेनले गरेका थिए। फ्रान्सका राजनीतिज्ञ ज्याक ल्याङ र संगीतकार मकाउरिस फ्रेलेरेटले संगीत दिवस मनाउने प्रस्ताव गरेका थिए। अतः सन् १९८२ देखि विश्व संगीत दिवस मनाइँदै आएको छ।
नेपालमा भने विसं २०५४ सालदेखि यो दिवस मनाउन थालिएको हो । त्यो समय विदेशी संगीतकारले विश्व संगीत दिवसको अवसर पारेर नेपाली राग बनाएका थिए । त्यसयता प्रत्येक बर्ष आजकै दिन विभिन्न कार्यक्रम हुँदै आएका छन् ।नेपाली मौलिक संगीतसँगै पछिल्लो क्रममा विश्वमा विकास हुँदै आएका संगीतका बारेमा अध्ययन, अनुसन्धान र सिर्जनाका लागि जोड दिनु पर्ने यस क्षेत्रमा लागेकाले बताउछन ।