नृसिंह जयन्ती

आज नृसिंहजयन्ती परेको छ । वैशाख शुक्ल त्रयोदशीकै दिन भगवान्को नृसिंह अवतार भएको थियो । नृसिंह भनेको आधा मानव र आधा सिंहको रूप हो । हिरण्यकशिपुले न दिन न रात, न भित्र न बाहिर, न शस्त्रले न अस्त्रले, न पृथ्वीमा न आकाशमा, न पानीमा न जमीनमा, न मान्छेले न जनवार केहीले पनि मार्न नसक्ने वरदान पाएको हुन्छ ।

प्रह्लादप्रति अत्याचारको सीमा नाघ्नुका साथै अधर्मको अति भएकाले हिरण्यकशिपुको अन्त्यका निम्ति भगवानले नृसिंह अवतार लिनुपरेको थियो । न मान्छे न त सिंहको रूप अर्थात् नृसिंह भगवान्को प्रादुर्भाव भई साँझको समयमा दैलाको सँघारमा राखेर नङ्ग्रले चिथोरेर हिरण्यकशिपुको बध भएको कथा प्रसङ्ग भागवत पुराणको सप्तमस्कन्धमा वर्णन पाइन्छ । आज नृसिंह भगवान्को उपासनासँगै विजय उत्सव पनि मनाउने गरिन्छ ।

रोचक कथा

भगवान विष्णुको तेस्रो अवतार वराहद्वारा दाइ हिरण्याक्षको वध भए पश्चात् हिरण्यकशेपुको अत्याचार हदभन्दा अधिक बढ्दछ। जसले सारा सृष्टि त्राहि त्राहि गर्न लागेको थियो। जहाँ एकातिर हिरण्यकशेपु पुरै संसार देखि धर्मलाई नाश गर्न लागि परेको थियो त्यहि उसैको आफ्नो छोरो प्रह्लाद भने भगवान विष्णुको भक्तिमा लीन थियो। हिरण्यकशेपुले जब कुनै पनि प्रकारले प्रह्लादलाई सम्झाउन सकेन त्यसपछि हिरण्यकशेपुले प्रह्लादलाई कयौ पटक मार्ने प्रयास गर्यो। किन्तु प्रह्लाद हरेक पटक भगवान विष्णुको कृपाबाट बाँच्यो। यहासम्म कि यस प्रयासमा हिरण्यकशेपुकि बहिनी होलिकाले पनि मृत्युलाई प्राप्त गरिन। अन्तमा जब उ स्वयं प्रह्लादलाई मार्न तत्पर भयो अनि आफ्नो भक्तको रक्षार्थ भगवान विष्णु स्वयं नृसिंह अवतारमा प्रकट भए। भगवान नृसिंहमा ति सबै लक्षण थिए जो हिरण्यकशेपुको मृत्युको वरदानलाई सन्तुष्ट गर्दथें। भगवान नृसिंहद्वारा हिरण्यकशेपुको नाश त भयो तर एकातर्फ समस्या खडा भयो। भगवान नृसिंह यति क्रोधित थिए कि लाग्थ्यो जस्तै उनि प्रत्येक प्राणीको संहार गर्छन। यहासम्म कि स्वयं प्रह्लाद पनि उनको क्रोधलाई शान्त गर्न विफल रहे। सबै देवता भयभीत भएर भगवान ब्रम्हाको शरणमा गए। परमपिता ब्रम्हा भगवान विष्णुको नजिक गए र प्रार्थना गरे कि उनि आफ्नो अवतारको क्रोध शान्त गरुन तरपनि भगवान विष्णुले यस्तो गर्नमा आफ्नो असमर्थता जताए। भगवान विष्णुले सबैको देव भगवान शंकर कहा जान सलाह दिए उनले भने कि “भगवान शंकर नृसिंहका आराध्य हुन् त्यसैले केवल उनले नृसिंहको क्रोधलाइ शान्त गर्न सक्छन।” अन्य कुनै उपाय न देखेर सबै भगवान शंकरको नजिक पुगे। देवताहरुको साथ स्वयं परमपिता ब्रम्हा र भगवान विष्णुको आग्रहमा भगवान शिव नृसिंहको क्रोध शान्त गर्न उनि समक्ष पुगे किन्तु त्यो समयसम्म भगवान नृसिंहको क्रोधले सारा सीमालाइ पार गरेको थियो। साक्षात भगवान शंकरलाई अगाडी देखेर पनि नृसिंहको क्रोध शान्त भएन। उनि स्वयं भगवान शंकर माथि आक्रमण गर्न दौडे। त्यसै समय भगवान शंकरले एक विकराल ऋषभको रूप धारण गरे र भगवान नृसिंहलाइ आफ्नो पुछारमा समेटेर पातालमा लगे। निकै समयसम्म भगवान शंकरले भगवान नृसिंहलाइ यस्तै आफ्नो पुछारमा कसेर राखे। आफ्नो सारा शक्ति र प्रयास पछी पनि भगवान नृसिंह उनको पकड़बाट छूटन सफल भएनन्। अन्तमा शक्तिहीन भएर उनले ऋषभ रूपमा रहेको भगवान शंकरलाई चिने र तब उनको क्रोध शान्त भयो। यसलाई देखेर भगवान ब्रम्हा र भगवान विष्णुको आग्रहमा ऋषभ रुपी भगवान शंकरले नृसिंहलाई मुक्त गरिदिनुभयो।

662