बैशाख शुल्क नवमी एउटा पावन नवमी हो यस दिन लाई सीता नवमी अर्थात सिता जयन्ती भनिन्छ ।

धार्मिक ग्रन्थ का अनुसार यस दिनलाई माता सीता प्रकट हुनुभएको भनेर मानिन्छ । महाराजा जनक की छोरी हुन् सीता ।
माता सिताको जन्म त्रेतायूगमा रिग्देमा सितालाई धर्तिकी देवि माता भनेर पुज्ने गरेको पाईन्छ । सितालाई राजा जनकले खेत जोत्दा भेटेको र धर्तिकी छोरी सीता पुन अग्नि परीक्षा पछि धर्तिमा समाहित भएको भन्ने कुरा उल्लेख गरिएको छ ।
सीता माता को बिवाह त्रेतायूगमा भगवान राम संग भएको थियो । सीतालाई मिथिला ,जानकी ,रामनन्दनी , लगायत नामले जानिन्छ । नेपालकै भूभागमा अवस्थित जनकपूरमा राजा जनककी छोरीको रुपमा सीतालाई चिनिन्छ ।
रामको जन्म र सीता को जन्मको समय ठयाक्कै १ महिना पूर्व चैत्र महिनाको नवमीमा भएको थियो तसर्थ राम नवमीको एक महिनामा सीता नवमी अर्थात सीता जयन्ती पर्दछ ।
पुष्प नक्षत्रमा जन्मिएकी सीता हामी वैदिक सनातन धर्मावलम्वीको दर्शनको एउटा महान नारी दृष्टान्त हुन् जसको नाम सदासर्वदा लिईन्छ । सीतमाता लाई मन्दिर भजन संवाद देखी चलचित्रसम्म अझै पनि सीता रानीका त्याग बलिदान अनि महानता लाई चित्रण गरिन्छ । सीता अनि मर्यादा पूरुषोतम रामका कहानीहरु घरघरमा सुनिन्छ साथै सुनाईन्छ ।
भगवान राम भित्र पनि सीता छिन् ,अनि रामायणमा पनि सीतामाताको कहानी यावत् छन् । धर्म र साधनाकी देवि सीताको महिमा संसारभर सदैव रहीरहने छ ।
यस सीता जयन्तीमा श्रद्धालु भक्त्तजनहरुले माता जानकीको पुजा आरधना गर्दछ् उसलाई सबै प्रकारको सुख सौभाग्य प्राप्त हुन्छ भन्ने जनविश्वास रही आएको छ । आज जनकपुरमा सीता जयन्ती पर्व धुमधामका साथ मनाईदै छ।