विश्व बालश्रम विरुद्ध दिवस

बालबालिकाको हक अधिकारको रक्षा गर्न बालबालिका सम्बन्धि ऐन २०४८ ले १६ वर्ष मुनिका बालबालिका भनेर परिभाषित गर्दै उनीहरुलाई श्रमिक बनाउन बर्जित गरेको छ । विश्व भर जून महिनाको १२ तारिखमा अन्तराष्ट्रिय बालश्रम विरुद्धको दिवस मनाइन्छ । भारतका बालअधिकार अभियानमा काम गरी ख्याति कमाएका नोबेल पुरस्कार विजेता कैलाश सत्यार्थी भन्छन्- “शिक्षा बिनाको वाल्यकाल वाल्यकालनै हैन र स्कूलवाट बञ्चित एकजना यूवा पनि धेरैजना बञ्चित भए बराबर हो।” ।

अन्तराष्ट्रिय श्रम संगठन आईएलओ कन्भेसनको भाग १३८ मा नेपालले पनि हस्ताक्षर गरि एैक्यवद्धता जनाएको छ । त्यसमा उल्लेख भए अनुसार बालवालीकाले हप्ताको १४ घन्टा कार्य गर्न सक्नेछन् तर यस कार्य वापत उनिहरुको नियमित विद्यालय र स्वास्थ र विकासमा कुनै हानी पुग्न हुँदैन ।

हामी समाजका बालवालीकाहरुलाई देख्छौ जो गाडीमा कन्डक्टर र खलासी काम गरेका छन् कोही बोरा बोकेर प्लास्टिकका टुक्रा पछाडी कुदिरहेका छन्, के उनिहरुसम्म यो कानुन र समानता पुगेको छ ?

मानसिक या शारीरिक काम ती दुवै श्रम हो । बालश्रम बालबालिकाले गर्ने शारीरिक श्रम हो । बालश्रमले बालबालिकाको बाल्यकालमा प्रत्यक्ष असर पुग्नाका साथै स्कुल जान बाधा पुग्दछ । चाहे मानसिक होस् या सामाजिक शारीरिक रुपमै बालबालिकालाई असर पुग्ने कामलाई बालश्रम भनिन्छ । बालश्रमले बालबालिकाको सुनौलो भविष्यका लागि आवश्यक शिक्षाबाट वञ्चित गराउँदछ ।

सन् प्रथम विश्वयूद्धको समाप्ती पश्चातसम्म पनि अहिलेका अत्यन्त विकसित मुलुकहरुमा समेत बालबालिकाहरुलाई कृषि, कारखाना, कोइला खानीमा लगाइन्थ्यो । साथसाथै उनीहरुलाई घरायसी कामकाजमा समेत १२ घण्टाभन्दा बढिसमयसम्म काममा लगाइन्थ्यो ।

बालश्रम विरुद्धका कानुनहरु बन्न थालेपछि बालश्रम न्युनिकरणमा मद्दत पुग्यो र बालश्रम विरुद्धको दिवस मनाउनसवैको चासो र सरोकार प्राप्त भयो । त्यहि भएर बालबालिकालाई काममा लगाउनु नेपालको सन्दर्भमा पनि कानुन विपरित मानिन्छ ।
बालवालीका प्रति जिम्मेवार अनि बालश्रम मुक्त समाज केवल कागज, स्टीकर, ब्यानर या प्रस्तावना पत्रमा मात्र नभई समग्र साकार बनाउन हामीसबैको अभीभारा हो ।
कमलरी प्रथालाई त्यागेर कमलको फूलजस्तै बालिका अनि तिनको जिवनमा शिक्षाको ज्योती फैलाउन सक्ने सार्मथ्य हामिमा छ त ?
आजको नेपाल शिक्षित नेपालीहरुको सभ्य देश हो, बालश्रमजन्य सेवाहरु र बस्तुहरु वहिष्कार गर्ने सार्मथ्य हामीसबैमा होस ।

609