
बढ्दो मरुभूमीकरण र खडेरी विरुद्ध विश्व समूदायमै जनचेतना बढाउन र ऐक्यवद्धता कायम गर्नका लागि सन् १९९५ देखि हरेक वर्ष विश्व समूदायले विश्व खडेरी विरुद्धको दिवस मनाउँदै आएको छ ।
यो दिवसले खाद्य सुरक्षा देखि वातावरणीय मुद्दाहरु, भू–संंरक्षण लगायत विभिन्न मुद्दामा विश्व समुदायमाझ निरन्तर सन्देश प्रवाह गर्दै आएको छ ।
जमिनको खण्डीकरण र मानवीय व्यवहारका कारण जलवायु परिवर्तनलाई सहयोग पुगेको छ भने, त्यसको असर प्रकृतिक सम्पदा तथा मानव समुदायमा पर्न थालेको छ ।
खडेरीलाई प्राकृतिक असरका रुपमा पनि व्याख्या गर्ने गरिएको छ । स्थानीय मौसममा फेरबदल हुँदा भूमिको उत्पादक क्षमता घटेर उर्वर भूमि क्रमशः अनुत्पादक हुन थालेका छन् ।
नेपालमा पछिल्लो समय मध्य पहाडमा खडेरीको मार बढेको छ । खडेरीकै कारण बसाई सर्नेहरुको समेत संख्या बढेको छ ।