विश्वकर्मा पूजा

विश्वकर्मा पूजा प्रविधि र मेशिनरीहरूको पूजा गरी भगवान विश्वकर्मालाई सम्झने दिन हो । नेपालमा आश्विन संक्रान्ति असोज १ गतेलाई विश्वकर्मा दिवसको रूपमा मानिन्छ । भारतीय संस्कृतिका अन्तर्गत पनि शिल्प संकायहरू, कारखानाहरू, उद्योगहरूमा भगवान विश्वकर्माको महत्वलाई प्रकट गर्दै प्रत्येक वर्ष १७ सेप्टेम्बरलाई श्वम दिवसका रूपमा मनाउने गरिन्छ । यो उत्पादन-वृदि र राष्टीय समृध्दिका लागि एक संकलप दिवस हो । यो जय जवान, जय किसान, जय विज्ञान नारालाई पनि श्वम दिवसको संकल्प समाहित कर्दछ । यो पर्व कन्या सङ्क्रान्ती अथवा प्रतिवर्ष १७ सेप्टेम्बर विशवकर्मा-पुजाका रूपमा सरकारी अनि गैर सरकारी ईनजीनियरिग संस्थामा धेरै नै हर्षलासका साथ सम्पन्न हुने गर्छ । मानिस भ्रम वश यस पर्वलाई विश्वकर्मा जयन्ति मान्छन् । तर यो सर्वदा अनुचित छ । भाद्रपद महिनाको शुक्ल प्रतिपदा कन्याको संक्रान्ति (१७ सेप्टेम्बर), कार्तिक शुक्ला प्रतिपदा (गोवर्धन पूजा), भाद्रपद पञ्चमी (अङ्गिरा जयन्ति) दिवस आदि विश्वकर्मा-पूजा महोत्सव पर्व हो । यी पर्वहरूमा भगवान विश्वकर्माको पुजा-अर्चना गरिन्छ ।

विश्वकर्माको पूजा

भगवान् विश्वकर्माको वर्षभरिमा कति पटक पूजा र महोत्सव मनाइन्छ । जस्तै भाद्रपद शुक्ल पक्षको प्रतिपदा तिथिको महिमा महाभारतमा विशेषतः प्राप्त हुन्छ । यस दिन भगवान विश्वकर्माको पूजाअर्चना गरिन्छ । यो पूर्वोत्तर भारत, बङ्गाल र नेपालमा विशेष प्रसिद्ध पर्वका रूपमा आश्विन १ गते(कन्या सङ्क्रान्ति)का दिन मनाउने प्रचलन छ । भारतका कतिपय क्षेत्रमा गोरुतिहार(गोवर्द्धन पूजा)का दिन भगवान् विश्वकर्माको पूजाअर्चना (औजार-पूजा) गर्ने गरिन्छ । यसरी भगवान् विश्वकर्माको जयन्ती मनाउने क्रममा विद्वानहरूमाझ मतभेद छ । श्रुतिको वचन छ – विवाह, यज्ञ, गृहप्रवेश आदि कार्यमा अनिवार्य रूपले भगवान् विश्वकर्माको पूजा-आराधना गर्नुपर्दछ ।

विवाहादिषु यज्ञेषु गृहारामविधायके।

सर्वकर्मसु संपूज्यो विश्वकर्मा इति श्रुतम्॥

जगच्चक्षु विश्वकर्मन्नीश्वराय नमोनमः

राष्ट्रिय चलचित्र दिवस

समाजको सही दृश्य अनि संवाद चलचित्रमा हृदस्पर्श गर्ने गरि आओस् नेपाली चलचित्रलाई माया गरौ !! यो दिबसको शुभकामना !!

सरकारले अब प्रत्येक वर्ष असोज १५ गते ‘राष्ट्रिय चलचित्र दिवस’को रुपमा मनाउने घोषणा गरेको छ । यसअघि असोज १ गतेलाई राष्ट्रिय चलचित्र दिवस मनाउने भनिएको थियो ।

अहिले भने नेपालमा नेपाली चलचित्रको औपचारिक शुरुवातको दिन  नेपालमा बनेको पहिलो नेपाली कथानक चलचित्र “आमा” को पहिलो पटक सार्वजनिक प्रदर्शन मिति २०२२ साल असोज १५ गते शुक्रबारका दिनलाई आधार मानी प्रत्येक वर्ष असोज १५ गतेका दिनलाई राष्ट्रिय चलचित्र दिवस मान्ने नेपाल सरकार मन्त्रीपरिषद्को मिति २०८२/३/१३ गते निर्णयानुसार असोज १५ गते का दिनलाई राष्ट्रिय चलचित्र दिवस मनाउने निर्णय गरेको हो ।

चलचित्र बिकास बोर्ड भनें सन् २००० को ३० जूनमा स्थापीत संस्था हो जसको मुल उदेश्य चलचित्रको प्रर्वधन अनि चलचित्रकर्मी हरुको संस्थागत बिकास पनि रहेको छ ।
सन् १९५१ मा नेपाली भाषाको तर कोलकातामा उत्पादन गरिएको चलचित्र सत्य हरिशचन्द्र जसलाई डि बी पराजुली ले निर्माण गरेका हुन् । त्यपछि नेपालमै उत्पादित चलचित्र आमा सन् १९६४ अक्टोबर ७ मा प्रदर्शन गरिएको हो । सुस्तरि बिभिन्न आरोह अवरोह पार गर्दे अब नेपाली सिने जगत बिश्व मानचित्रमै आफ्नो छवी उभ्याउन सफल हुँदै गएको छ ।

बिसं २०२१ मा चलचित्र आमा मा तत्कालिन रेडियो गायक र संगीतकार शिब शंकर मानन्धर अनि रंगमञ्च अभिनेता सुश्रि भुवन थापा ले नायक नायिकाका रुपमा कार्य गरेका हुन् । त्यसपछि बिसं २०२३ मा अर्को बहुप्रतिक्षीत नेपाली चलचित्र माईतीघर प्रदर्शनमा आयो, अहिलेसम्म पनि काठमाडौको माईतीघर मण्डला उतिबेला त्यही चलचित्रको उत्पादन समुहको कार्यलय रहेका कारणले माईतीघर नामाकरण गरिएको छ । भारतीय अभिनेता माला सिन्हा र नेपाली सिपी लोहनी अभिनीत माईतीघरको जोडी पछि गएर बास्तविक जीवनका पनि जोडी बन्न गए ।

395