बुबाको मुख हेर्ने दिवस

कुशे औंसी – बुबाको मुख हेर्ने दिवस पितालाई सम्मान दिने दिन हो। नेपालमा कुशे औंसी सनातन हिन्दू परम्परामा भाद्र महिनाको अमावस्या (औंसी)का दिन पिता दिवस मनाइन्छ।
यस दिन बुवाको मुख हेर्ने, अर्थात् बुवा दिवसको रूपमा मनाई बुवालाई विशेष सम्मान गर्ने र आमाबाबु नहुनेले तीर्थमा खासगरी गोकर्ण र विष्णुपादुकामा श्राद्ध, तर्पण, दान, पुण्य गरी पितृ तार्ने र आफू पुण्यात्मा बन्ने विश्वास गरिन्छ । कुशको विशेष प्रकारको औँठी जसलाई पवित्र भनिन्छ त्यो धारण नगरी कुनै पनि धर्म-कार्य गरिँदैन । कुश घरमा राख्नु मात्र पनि पवित्र मानिने हुँदा पुरोहितहरू यजमानका घरघरै यही कुशे औँसीमा पुर्याउँदछन् र यजमानहरूले पनि सिधा-दक्षिणा आदि द्वारा पुरोहितलाई सम्मान गर्दछन् ।
राष्ट्रीय सूचना दिवस
२०६४ साल साउन ५ गते सूचनाको हकसम्बन्धी ऐन प्रमाणीकरण भई भदौ ३ गतेदेखि लागु भएको स्मरणमा दिवस मनाइने गरेको हो ।

राष्ट्रिय सूचना आयोगले हरेक वर्ष यो दिवस भदौ ३ गतेको दिन मनाउँदै आएको छ । आयोगले सबै सार्वजनिक निकायलाई जनताको सूचनाको हकलाई सम्मान गर्न आग्रह गर्दै आएको छ ।
सूचनाको हकसम्बन्धि ऐन २०६४ बमोजिम सुचनाको हकको संरक्षण, सम्बद्र्धन र प्रचलन गर्ने उद्देश्यका साथ राष्ट्रिय सूचना आयोगलाई स्वतन्त्र आयोगको रुपमा स्थापना गरिएको हो । नेपालको संविधान २०७२ को मौलिक हक अन्तर्गत धारा २७ मा सूचनाका हक सम्बन्धि व्यवस्था गरिएको छ ।
सूचनाको हक सम्बन्धी ऐनले के भन्छ ?
संविधानले लोकतन्त्रमा जनता नै सूचनाको मालिक हो भन्ने अधिकार प्रत्याभुत भएकाले आफना अधिकार स्थापित गर्न पनि आग्रह गरिएको छ ।
आयोगका सूचना आयूक्क्त किरण कुमार पोखरेलले लोकतन्त्रमा जनता नै सूचनाको मौलिक हकको अन्तिम मालिक हुने भएपनि यस भावना अनुसार कार्यान्वयन नभएकाले यसलाई कार्यान्वयनमा पुरयाउनुपर्नेमा जोड दिए ।
जनता सूचना माग्न नआएपनि सार्वजनिक कार्यालयले सूचना तीन तीन महिनामा सार्वजनिक गर्नुपर्ने बिधि भएअनुसार कार्यान्वयन गर्नुपर्ने सूचनाको हक सम्बन्धी ऐनमा उल्लेख छ ।
आयोगले यसअघि तीन–तीन महिनामा कार्यालयमा भएका गतिविधि आफैं जारी गर्न, सूचना अधिकारी तोक्न र कतिवटा सूचना माग भए र कतिवटा सूचना प्रवाह भयो सो सार्वजनिक गर्न सबै निकायलाई पत्राचार गरेको थियो ।
साथै प्रत्येक नागरीकले आफनो हकको सूचना पाउनका लागि २०६४ को ऐन अनुसार सुचना पाउ भनेर सम्बिन्धत निकायको सुचना अधिकारीलाई गएर निवेदन दिनुपर्ने र त्यस अनुसार कार्यालयले सूचना १५ दिनभित्र उपलब्ध गराउनुपर्नेछ ।
यदि १५ दिनमा सुचना उपलब्ध नभएमा १६ औ दिनमा त्यही कार्यालयका प्रमुखमा उजुरी दिने र त्यसको जानकारी थप ७ दिनमा उपलब्ध गराउनुपर्ने ऐनमा उल्लेख भएपनि त्यस अवधिमा पनि उपलब्ध नभएमा त्यसको भोलीपल्ट अर्थात २३ औ दिनमा सूचना अधिकारी र कार्यालय प्रमुखकोविरुद्धमा सूचना आयोगमा मुद्धा दायर गर्न अर्थात पुनराबेदन दर्ता जारी गर्न सकिने पोखरेलले बताए ।
विश्व फोटोग्राफी दिवस

हरेक व्यक्तिले जन्मसिद्द रुपमा क्यामरा लिएर आएको छ । जसको मद्दतले ऊ यस संसारमा रहेका हरेको चीजवस्तुको एकप्रकारको छवी आफ्नो दिमागमा बनाउने गर्दछ । हो, मानव आँखा हरेक व्यक्तिको लागि आँखीझ्याल हो, जहाँबाट ऊ संसार चिहाउने गर्दछ । यस मानेमा हरेक व्यक्ति आफैंमा एक फोटोग्राफर हो ।
विभिन्न वैज्ञानिक खोज, अनुसन्धान र अन्वेषणको विकासको क्रममा मानिसहरुले कृतिम लेन्सक आविष्कार गरिसकेका छन् । समयको साथ अघि बढिरहेको मानव जगतले फोटोग्राफीको मद्दतले आफ्नो अतीतको हुबहु प्रतिलिपि निकालेर नोस्टाल्जिक बनिरहेका छन् । यसै प्रयासको सफलताको खुसीमा हरेक १९ अगस्टलाई विश्व फोटोग्राफी दिवसको रुपमा हर्षोल्लासका साथ् मनाइदै आएको छ ।
फोटोग्राफीको आविष्कारसँगै दूरदराजको संसार नजिक आइपुगेको छ । कुनै पनि सम्प्रादय, समाज, जातजाति, धर्म, संस्कार, भूगोल र त्यहाँको प्राकृतिक स्रोतसाधनको छवी अर्को भूगोल, अर्को प्रकृतिको मानिसहरुले नजिकबाट बुझ्न, देख्न र जान्न पाएका छन् । आज हामी समुन्द्रमा नपुगीकन पनि समुन्द्रको बारेमा जानकार छौं । हामी हाम्रो स्थानीय ठाउँमा नदेखिएका/नभोगेका विभिन्न प्राकृतिक एवम् कृतिम चिजवस्तुहरुको बारेमा उत्तिकै जानकार छौं, जति त्यस ठाउँ या त्यस भूगोलका मानिसहरु छन् । यसरी हेर्दा आजको दुनियाँ निर्माण र विकासमा फोटोग्राफीको महत्वलाई कुनै पनि हालतमा नकार्न सकिदैन् ।
इतिहास:
सर्वप्रथम सन् १८३९ मा फ्रान्सेली वैज्ञानिक लुईस जेकस तथा मेन्डे डाग्युरेले फोटो तत्व खोजि गर्ने दावा गरेका थिए । ब्रिटिश वैज्ञानिक विलियम हेनरी फान्क्सटेल बोटले नेगेटिभ-पोजेटिभ प्रक्रियाको खोजि गरे । सन् १८३४ मै टेल बान्टले सेन्सेटिभ पेपरको आविष्कार गरिसकेका थिए, जसको सहायताले खिचिएको चित्रलाई स्थायी रुपमा संरक्षण दिन सकिन्थ्यो । फ्रान्सेली वैज्ञानिक आर्गोले ७ जनवरी १८३९ मा फ्रेन्च एकेडेमी अफ साइन्सको लागि एक प्रोसेस रिपोर्ट बनाए । फ्रान्सेली सरकारले उक्त रिपोर्टलाई खरिद गरि १० अगस्ट १९३९ मा आममानिसको पहुँचमा ल्यायो ।
राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष राजेन्द्र चित्रकारका अनुसार संसारलाई बुझ्न फोटोग्राफीले निकै सहज बनाएकोले यसको सुरुआत भएको दिनलाई विशेष रूपमा स्मरण गर्ने गरिएको छ । औपचारिक रूपमा नेपालमा भने सन् २०१० देखि यो दिवस मनाउन थालिएको हो ।
पत्रकारितामा फोटाको प्रयोग :
‘हजारौँ शब्दले भन्न नसक्ने कुरा एउटै तस्बिरले प्रस्ट पारिदिन्छ’ सम्भवतः यो विश्वविख्यात अवधारणालाई पछ्याउँदै पत्रकारितामा फोटाको प्रयोग व्यापक हुँदै आएको छ । विभिन्न ऐतिहासिक कालखण्डलाई क्यामरा कैद गर्न सफल फोटोग्राफी कला नेपालको पत्रकारिता क्षेत्रमा पनि उत्तिकै स्थापित छ ।
वरिष्ठ फोटो पत्रकार गोपाल चित्रकारले युवापुस्तामा फोटोग्राफीको आकर्षण बढिरहेको अनुभव सुनाउँदै भन्नुभयो, ‘ “फोटो पत्रकार र सोखिन फोटोग्राफर भनेको फरक हो । पत्रकारले नैतिकता, नियम बुझेर फोटाहरू राख्नुपर्छ तर सोखिनले भने जुनसुकै फोटो सामाजिक सञ्जालमा राखेकै हुन्छ, त्यस्तो गर्नुु गलत हो । फोटोलाई सार्वजनिक गर्दा विचार पुर्याउनुपर्छ । ”
फोटोग्राफी र विकृति :
मानवीय सम्वेदना बोकेको विचारपरक कुनै पनि एउटा कविता, एउटा गीत-संगीत, एउटा चित्र वा एउटा फोटोले दुनियाँ कायपलट गरिदिने हिम्मत राख्दछ ।
आज उपभोक्तावाद आफ्नो चरम सीमामा छ । जहाँ कुनै पनि ग्राहक आफ्नो उत्पादनलाई विश्वसामू पस्किन आतुर छ । र, उसको एक आतुरतालाई साथ दिन्छ- फोटोग्राफीले । साथै विभिन्न मानिसहरु पेशेवर रुपमा फोटोग्राफीकै माध्यमबाट आफ्नो दैनिक गुजारीरहेका एवम् एक असल जीवनयापन गरिरहेका छन् । कसैले सोखको रुपमा फोटोग्राफीलाई चुनेका छन्द भने कोहि फोटो खिचेर विभिन्न राष्ट्रिय-अन्तर्राष्ट्रिय सम्मानहरुले सम्मानित भइरहेका छन् ।
यद्दपी यति लामो इतिहास पार गरिरहँदा फोटोग्राफीको कला, प्रयोग र प्रविधिबारे नयाँ बहस आउन थालेको छ । फोटोग्राफीको विकाससँगै कतिपय विकृति पनि बढेका छन् । विशेषतः ‘डिजिटलाइज’ प्रविधिको प्रयोगसँगै कतिपय अवस्थामा नैतिकता र मर्यादाका प्रश्न पनि उठ्ने गरेका छन् ।