
राधाजीको जन्म भाद्र पद शुक्ल पक्षको आठौँ दिन भएको थियो । त्यसैले यो दिनलाई राधाष्टमीका रूपमा मनाउने गरिन्छ । भूमिबाट श्री राधाजी वृष भानुको यज्ञ अग्नि प्रकट भएको थियो र यसै कारण पनि श्री राधालाई लक्ष्मीको अवतार मानिन्छ।
राधाअथवा राधिका, हिन्दु देवी र भगवान कृष्णकी प्रियतम हुन्। अर्को शब्दमा भन्नुपर्दा राधा भगवान कृष्णको विख्यात प्राणसखी, ब्रज धामको रानी र वृषभानुको पुत्री हुन्। राधाकृष्णलाई शाश्वत प्रेमका प्रतीकको रूपमा लिइन्छ। उनलाई प्रेमको शक्ति, कोमलता, अनुकम्पा र भक्तिको देवीको रूपमा आराधना गर्ने गरिन्छ। उनलाई गोपिनीको प्रमुखको रूपमा वर्णन गरिएको छ। भगवान् कृष्णको युवा अवस्थामा रहेको बेलामा, उनी भगवान् कृष्णकी प्रेमी र साथीको रूपमा देखा पर्दछिन्, यद्यपि उनीहरूको विवाह भने भएको हुँदैन। यसको विपरित केही परम्पराले राधालाई कृष्णकी प्रियतम् वा पत्नीको रूपमा लिएको छ।

