पूर्णिमा व्रत

Full Moon From Swayambhunath Temple, Nepal

पूर्णिमा तिथिमा चन्द्रमा सर्वाधिक चम्किलो हुने गर्छ । तेजिलो रूपमा देखिन्छ। यस दिन व्रत बस्नाले चन्द्रमाको असीम कृपा प्राप्त हुने विश्वास छ । यस्तै स्वास्थ्य, समृद्धि र शान्ति प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

पूर्णिमाको दिन विशेषसरि भगवान् शिव र विष्णुको आराधना गर्ने गरिन्छ । भगवान् विष्णुलाई गरिने विशेष अर्चनालाई सत्यनारायण पुजाको स्वरूपमा गरिन्छ । सामान्यत: सत्यनारायण पूजा जहिले गरे पनि हुने भनिए पनि पूर्णिमाको दिनमा गरिने पूजाको निकै नै महत्व छ । 

यस दिन व्रत बस्नाले मेटावोलीक प्रक्रिया सुदृढ रहने, ग्यास्ट्रिक समस्याहरू हल भएर जाने र शरीरमा सकारात्मक ऊर्जा बढ्छ । यस दिनको व्रत बिहान सूर्योदयको समयदेखि साँझमा चन्द्रोदय भएसम्म गरिन्छ ।  निराहार र निर्जल बसेर पिन व्रत  लिन सकिन्छ । एक छाक मात्र खाएर, अलिनो आहार ग्रहण गरेर पनि  व्रत बस्न सकिन्छ । साँझमा चन्द्र उदाएसँगै चन्द्रमाको दर्शन गरेपछि व्रत समापन हुने नियम छ ।

1291