कानून दिवस

२००९ साल वैसाख २६ गते प्रधान न्यायालय ऐन २००८ मा लालमोहर लागेर लागु भएको दिनको स्मरण गर्दै प्रत्येक वर्ष कानून दिवश मनाउने गरिन्छ । यो प्रधान न्यायालय नै २०१३ सालबाट सर्वोच्च अदालत ऐन आएपछि आजको सर्वोच्च अदालतको रुपमा रुपान्तरित भएको हो । कार्यपालिका र व्यवस्थापिकाबाट न्यायपालिकालाई अलग गरेर प्रधानन्यायलयको स्थापना भएको दिन भएकाले आजको दिनलाई कानूनको क्षेत्रमा विशेष स्मरणका साथ मनाँउने गरिन्छ ।

नेपालको कानुनी इतिहास

नेपालको कानुनी इतिहास धर्ममा आधारित भएको पाइन्छ। विभिन्न समयमा तत् तत् समयमा प्रचलनमा रहेका धर्मग्रन्थ संस्कृति, सामाजिक मान्यता, सद्-विवेकको आधारमा त्यसबेलाको न्याय प्रणाली निर्देशित भएको पाइन्छ।

नेपालको कानुन खासगरी हिन्दू विधिशास्त्रमा आधारित रहेको देखिन्छ यद्यपि नेपालमा हाल कमन लको न्याय प्रणाली विद्यमान रहेको छ

हिन्दू धार्मिक प्रणाली खासगरी बेद लगायतका धार्मिक शास्त्रहरूमा आधारित रहेको छ। यो इशापूर्व ४ हजार देखि १ हजारको बीचमा विकास भएको हो। यसले श्रूति, स्मृति आदि ग्रन्थहरूको आधारमा न्याय प्रणाली निर्देशित गर्दथ्यो। 

त्यसबेला मितक्षडा र दयाभाग २ किसिमका कानुनहरू रहेका थिए।

मितक्षडा विज्ञानेश्वरले तयार गरेका हुन्। यसले महिलालाई बढी अधिकार दिएको हुनाले यसलाई अझ बढी उदार ठानिन्छ। दयाभाग जिमुदवानले तयार गरेका हुन्। यसले सम्पत्तिको उत्तराधिकार छोरामा सर्दै जाने व्यवस्था गरेको थियो। 

नेपालमा कानुनी शासन व्यवस्था किराँतकालबाट सुरू भएको देखिन्छ।

668