छन्द दिवस

कविता साहित्यमा छन्दको प्रयोग घट्‍दै गएको बिषयमा चिन्ता जनाउँदै कवि माधव वियोगीले वि.सं. २०५३ साल बैशाख ८ गते छन्द बचाउ अभियान सुरु गरेका थिए । छन्दको प्रयोगलाई पुन:र्स्थापना गर्ने प्रयत्न स्वरुप कवि वियोगीले अभियान सुरु गरेको दिन बैशाख ८ गते हरेक बर्ष छन्द दिवसका मनाउन थालिएको हो । नेपाल सरकार पञ्चाङ्ग निर्णायक समितिले बैशाख ८ लाई छन्द दिवसका रुपमा मनाउन सहमति दिएको थियो । 

छन्द वेदको अर्को नाम हो । वर्णहरू र मात्राहरूको गेय व्यवस्थालाई छन्द भनिन्छ । संस्कृतमा यो छन्दस् शब्द नपुंसक लिङ्गमा प्रयोग हुनाले यसको छन्दःछन्दसीछन्दांसिप्रकारले एक बचन द्विवचन र बहुबचनको रुपमा प्रयोग गरिन्छ । यहि अर्थमा पद्य शब्दको प्रयोग पनि गरिन्छ। भाषामा शब्द र शब्दहरूमा वर्ण र स्वर रहन्छ। निश्चित विधानबाट सुव्यवस्थित गर्दा छन्दको नाम दिइन्छ।

छन्द भनेको ध्वनिहरूको समष्टि हो। सानो सानो अथवा सानो ठुलो ध्वनिहरू जब एउटा व्यवस्थामा सामंजस्य प्राप्त गर्दछ तब यस्तोलाई शास्त्रीय नाम छन्द दिइन्छ। जबमात्रा अथवा वर्णहरूको संख्या, विराम, गति, लय तथा तुक आदि हरको नियम सँग युक्त कुनै रचना हुन्छ, यस्तोलाई छन्द अथवा पद्य भनिन्छ। यसैलाई वृत्त पनि भनिन्छ।

शब्द बयान

छन्दस् शब्द ‘छद’ धातु बाट बनिएको छ। यस्को धातुगत व्युत्पत्तिमूलक अर्थ हुन्छ – ‘जो आफ्नो इक्षाले चल्छ’। अत: छन्द शब्दको मूलमा गतिको भाव हुन्छ।

यस प्रकार, छन्दको परिभाषा ‘जब वर्णहरू यामात्राहरूको नियमित संख्याको विन्यासबाट यदि आह्लाद पैदा हुन्छ, तब यस्तोलाई छंद भनिन्छ’। 

इतिहास

छन्दको सर्वप्रथम उल्लेख ऋग्वेदमा गरिएको छ। यदी गद्यको नियम व्याकरण हो भने, पद्यको नियम छंद शास्त्र हो। छन्द= तामाङ भाषा पनि हो । छन्दको अर्थ मिलाएर राख्ने सजायको ठाँउ बस्तुलाई तामाङ भाषामा छ्न्द भनिन्छ । जस्तै: ता जयनेले छ्न्द खाबाल । जस्तै: कति राम्रो सजायको । ओ हो चु दिम ता जयनेले छन्द खाबाल । अर्थ : यो घर कति राम्रो सजायको । चु नाम्स बे ले छन्द खाबाल । अर्थ : यो गाउँ कति राम्रो सजायको । तामाङ्को एउटा भाषाले र सब्दले हजारौं सब्द बन्छ । इतिहासलाई हेर्दा हरेक शब्दमा तामङ भाषा भेटिन्छ । जस्तैः लिंग, गाङ्लिंङ, नाम्सलिंङ, शिवलिंङ, ग्यिङ, र याम्बुलिंङ । तामाङ भाषामा लिंङ अर्थ विशाल अति ठुलो हेर्दा खेरि पनि नभ्याउने ठाँउलाई लिंङ भनिन्छ ।

छन्दमामात्राको गिनती – गणको प्रकार र गणना

छन्दमामात्राको गिनती

  • अ इ उ क पि तु: १मात्रा
  • आ ई ऊ ए ऐ ओ औ अं अः का पी तूको: २मात्रा

उदाहरण:सत्य ‍= ‘स’ (१), आधा ‘त’ (१), र ‘य’ (१)मात्रा = ३मात्रअंत = ‘अं’ (२) र ‘त’ (१)मात्रा = ३मात्रासमर्पण = ‘स’ (१), ‘म+र’ (२), ‘प’ (१), ‘ण’ (१) = ५मात्राअतः = ‘अ’ (१), र ‘तः’ (२) = ३मात्रारास्ता = ‘रा’ (२), आधि ‘स’ (०), र ‘ता’ (२) = ४मात्रा। परंतु यदि ‘रास्ता’ लाई ‘रासता’ बोले वा लेखे, तब बीचको ‘स’ (१)मात्रा = ५मात्रा।

छन्दमा गणको प्रकार र गणनासूत्र :- यमा ता रा ज भा न स ल गा

  1. ‘य’गण = यमा ता = लघु गुरू गुरू = १ २ २
  2. ‘म’गण =मा ता रा = गुरू गुरू गुरू = २ २ २
  3. ‘त’गण = ता रा ज = गुरू गुरू लघु = २ २ १
  4. ‘र’गण = रा ज भा = गुरू लघु गुरू = २ १ २
  5. ‘ज’गण = ज भा न = लघु गुरू लघु = १ २ १
  6. ‘भ’गण = भा न स = गुरू लघु लघु = २ १ १
  7. ‘न’गण = न स ल = लघु लघु लघु = १ १ १
  8. ‘स’गण = स ल गा = लघु लघु गुरू = १ १ २
  • ‘ल’को मतलब लघु यानि १मात्रा
  • ‘गा’को मतलब गुरू यानि २मात्रा

मात्रा र वर्णको आधारमा छन्दको विभाजन

छन्दहरूको विभाजनमात्राहरूको र वर्णहरूको चरण-भेद-सम्बन्धि विभिन्न संख्याहरूमा आधारित हुन्छ। 

यस कारणले छन्दको प्रकार:

  1. सम: सम छन्दहरूमा छन्दको चारवटै चरणहरूमा वर्णस्वरसंख्या समान रहन्छ।
  2. विशम: विषम छन्दको चारवटै चरणहरूमा वर्णहरू र स्वरहरूको संख्या असमान रहन्छ। यो वर्ण परस्पर फरक हुन्छ। वर्णहरू रमात्राहरूको केही निश्चित संख्याको पछाडी बहुसंख्यक वर्णहरू र स्वरहरूले युक्त छन्दलाई दंडक भनिन्छ। यस्को प्रकारहरू धेरै छन्।
  3. अर्धसम: अर्धसमको पहिलो, तेस्रो र दोस्रो तथा चौथोंमा वर्णस्वर संख्या समान रहन्छ।

स्वतंत्र वा मिश्रितको आधारमा छन्दको विभाजन

  1. स्वतंत्र छन्द: स्वतंत्र छन्द एकै छन्द विशेष नियमबाट बनेको हुन्छ।
  2. मिश्रित छन्द: २ प्रकारको हुन्छ।
    1. जब २ छन्दहरूको चरण एक आपसमा मिलेको हुन्छ। प्राय: यो अलग-अलग देखिन्छ तर प्राय फरक देखिंदैन।
    2. जब २ स्वतंत्र छन्दको स्थान-स्थानमा राखिन्छ र कैलेकाँई उनिहरूलाई मिलाउने प्रयत्न गरिन्छ। जस्तै: कुंडलिया छन्द, एउटा दोहा र ४ पद रोलालाई मिलाएर बन्द छ।

यतिको आधारमा छन्दको विभाजन

  1. यत्यात्मक: निश्चित वर्णहरू यामात्राहरूमा यति राखीन्छ। यो छन्द प्राय: दीर्घाकारी हुन्छ। जस्तै: दोहा, कवित्त आदि।
  2. अयत्यात्मक: जुन छन्दहरूमा चौपाई, द्रुत, विलंबित जस्तो छन्द आउँछ भने। यतिको विचार गरेर गणात्मक वृत्तहरूमा पनि गणहरूो बीचमा यति राखीन्छ। जस्तै:मालिनी।

वैदिक र लौकिक छन्द विभाजन

  1. वैदिक छन्द: जस्को प्रयोंग वेदहरूमा गरिएको छ। यसमा ह्रस्व, दीर्घ, प्लुत र स्वरित, यो चार प्रकारको स्वरहरूको विचार गरिन्छ। र “अनुष्टुप” इत्यादि। वैदिक छन्द “अपौरुषेय”मानिन्छ।
  2. लौकिक छन्द: यस्को प्रयोग वेदमा नगरेर सामान्य लोक वा जनसमुदायमा गरिन्छ। यो छन्द कुनै निश्चित नियममा आधारित नभएर ताल र लयमा आधारित रहन्छ।
620