विश्व सगरमाथा दिवस

Edmund Hillary and Tenzing Norgay Sherpa. May 29, 1953

सगरमाथा दिवस प्रत्येक वर्ष मे महिनाको २९ तारिखमा मनाइने अन्तर्राष्ट्रिय/राष्ट्रिय दिवस हो । सन् १९५३ को मे २९ तारिखमा एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा हिमालको सफल आरोहण गरेको सम्झना स्वरुप यो दिवस मनाउन सुरु गरिएको हो ।

Mt.Everest: May 29, 1953

विश्वको सबैभन्दा ठूलो हिमाल सगरमाथा ८ हजार ८४८ मिटर आरोहणका क्रममा हालसम्म(2020AD) २९० भन्दा बढीको निधन भइसकेको छ । आरोहणका नयाँ विश्व कीर्तिमान पनि कायम भएका छन् ।

सोलुखुम्बुकी स्व पासाङ ल्हामु शेर्पाले विसं २०५० वैशाख १० गते सगरमाथाको आरोहण गरी सगरमाथा चढ्ने प्रथम महिला आरोहीको कीर्तिमान कायम गरेका थिए । जापानी नागरिक स्व जुन्को तावेई विश्वकै पहिलो महिला सगरमाथा आरोही मानिन्छन् ।

पछिल्लो पटक कामिरिता शेर्पाले सगरमाथाको २४ औँ पटक आरोहण गरी विश्व कीर्तिमान कायम गरेका छन् । उनले सन् १९९४ मा पहिलोपटक सगरमाथाको आरोहण गरेका हुन ।

कामिरितापछि हालसम्म(2020AD) आप्पा शेपा, ङिमानुरु शेर्पा र फुर्वाटासी शेर्पाले २१ पटक तथा आङदोर्जी शेर्पा, छेवाङङिमा शेर्पा १९ र मिङ्माछिरी शेर्पाको १९ पटक सगरमाथा आरोहणको कीर्तिमान छ । त्यस्तै लाक्पारिता शेर्पाले १७ र निमा गोम्बु शेर्पाले १६ पटक सगरमाथा आरोहण गरेकी छन् ।

दुई साहसी आरोही शेर्पा र हिलारीले सगरमाथा आरोहण गरेको दिन (मे २९ तारिक) को स्मरणमा सरकारले हरेक वर्ष जेठ १५ लाई सगरमाथा दिवसका रुपमा मनाउने गरेको छ । आरोही हिलारीको सन् २००८ जनवरी ११ मा निधन भएको थियो । नोर्गेको सन् १९८६ मे ९ मा निधन भएको थियो । संयोग नेपालमा गणतन्त्र दिवस र सगरमाथा दिवस एकै दिन परेको छ ।

सोही ऐतिहासिक घटनाको स्मरण गर्दै मे २९ लाई अन्तर्रा्ष्ट्रिय सगरमाथा दिवसका रूपमा नेपाल र विदेशमा समेत विभिन्न कार्यक्रमका साथ मनाउँदै आइएको छ । नेपालमा सन् २००८ मा साहसी आरोही हिलारीको निधन भएको सन्दर्भ पारेर यो दिवस मनाउन थालिएको हो ।

592