राष्ट्रिय सहकारी दिवस

राष्ट्रिय सहकारी दिवस नेपालमा प्रत्येक वर्ष चैत २० मा मनाइन्छ । 

पहिलो सहकारी स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाईन्छ । नेपालको पहिलो सहकारी संस्था बखान सहकारी संस्था हो । सो संस्था २०१३ साल चैत २० मा चितवनमा स्थापना भएको थियो । हाल देशभर ३४ हजार ५१२ सहकारी संस्था छन् ।

हाल सञ्चालित सहकारी संस्थामध्ये बचत तथा ऋण परिचालन गर्ने सहकारी संस्थाको सङ्ख्या ४० प्रतिशत छ । उक्त संस्था शहर केन्द्रीकृत छन् । उनीहरुको उत्पादनमा प्रत्यक्ष सहभागिता छैन । नेपालमा बचत तथा ऋण लगानी गर्ने संस्थाको सङ्ख्या १३ हजार ५७८ छ ।

विश्वमा सन् १८४४ बाट सहकारी अभियानको शुरु भएको हो । हाल ३० लाख सहकारी संस्था सञ्चालित छन् । ती संस्थाका एक अर्ब २० करोड सदस्य छन् । नेपालमा विसं २०१० मा सहकारी विभागको दर्ता भई सहकारीका क्रियाकलाप अघि बढिरहेको छ ।

नेपालमा कूल गार्हस्थ्य उत्पादनमा सहकारी क्षेत्रको योगदान चार प्रतिशत रहेको अनुमान छ । विसं २०७४ को असार मसान्तसम्म ६३ लाख पाँच हजार ५८१ सदस्य छन् भने ७३ अर्ब १७ करोड शेयर पूँजी रहेको छ । ६० हजार जनशक्तिले प्रत्यक्ष रोजगार पाइरहेका छन् ।

526