
काठमाडौँ उपत्यकामा चारवटा – पाटनको रातो मत्स्येन्द्रनाथ, काठमाडौँको सेतो मत्स्येन्द्रनाथ, चोभारको आदिनाथ र नालाको मत्स्येन्द्रनाथ मुख्य मानिन्छ।
अन्य स्थानका मत्स्येन्द्रनाथझैँ नालाको सेतो मत्स्येन्द्रनाथको पनि आफ्नै जीवनचक्र चल्छ। यसअन्तर्गत मत्स्येन्द्रनाथको न्हंव अर्थात् महास्नान नालामा सम्पन्न हुन्छ, भने भोलि पल्ट रथयात्रा गरिन्छ। यस अवसरमा करुणामय र दीपङ्करलाई नालाको बजार क्षेत्रमा परिक्रमा गराइन्छ।
नालाको सेतो मत्स्येन्द्रनाथलाई सृष्टिकान्ता लोकेश्वर भनिन्छ।
फाल्गुण शुक्ल पूर्णिमाका दिन सम्पन्न करुणामयको न्हवंका लागि पुण्यमाता नदीबाट जल ल्याई लोकेश्वर बहालस्थित एक मण्डपमा करुणामयलाई राखिएको हुन्छ। उक्त मूर्ति मन्दिरदेखि पुजारीले बोकेर ल्याउनुपर्ने चलन छ।