बिजया एकादशी को हार्दिक शुभकामना
शास्त्रानुसार वर्षभरिमा पर्ने सबै एकादशीको व्रत र उपवास गर्नु पर्दछ। सबै एकादशीको व्रतोपवास गर्न कठिनाइ उत्पन्न भएमा प्रत्येक महिनामा एउटा अर्थात् शुक्ल पक्षमा पर्ने एकादशीको व्रत र उपवासलाई महत्त्व दिइएको छ। त्यत्ति पनि गर्न असमर्थ रहँदा चतुर्मास भरि(आषाढ शुक्ल एकादशीदेखि कार्त्तिक शुक्ल एकादशीसम्म)का सबै एकादशीको व्रत गर्न सकिन्छ, यत्ति पनि व्रत लिन नभ्याउँदा आषाढ शुक्ल पक्षको हरिशयनी एकादशी र कार्त्तिक शुक्ल पक्षको हरिबोधिनी एकादशीको व्रत चाँहि अवश्य लिनु पर्दछ। एकादशीका दिन अन्न खानु हुँदैन, पानी, दुध, सक्खर, सर्वत आदि ग्रहण गर्न सकिन्छ। भोकै बस्न नसकिने स्थिति छ भने चामल मात्र त्याग्दा हुन्छ। भगवान् विष्णुको पूजा गर्नुपर्छ। पूजा स्थलमा अहोरात्र अर्थात दिनरात गरी चौबीस घण्टा घिउको वर्तन गरी अखण्ड बत्ती(दियो) बाल्नुपर्दछ। भजन, कीर्तन, स्तोत्रपाठ, भागवत आदि ग्रन्थको पाठ र भगवान् विष्णुका दिव्य नामको सङ्कीर्तन गर्नुपर्दछ। भगवानका मन्दिरहरूको भ्रमण र दर्शन गर्नुपर्दछ। व्रतको भोलिपल्ट विष्णु भगवानलाई नैवेद्य समर्पण गरेर व्रतको समापन गर्नुपर्दछ। दीनदुःखी, ब्राह्मण र साधुसन्तलाई व्रतको समाप्तिमा भोजन, दक्षिणादि प्रदान