गोस्वामी तुलसीदास जयन्ती

तुलसी दास (सन १५३२ देखि १६२३) जसलाई गोस्वामी तुलसीदासको नामले पनि चिनिन्छ । उनि एकजना सर्वप्रिय साधक र हिन्दु दर्शनका पुर्नव्याख्यानकार अनि कविका रुपमा धेरै प्रचलित छन् । विशेषतः भगवान श्री राम प्रतिको सर्मपण अनि उनका खण्डकाब्य “रामचरित्रमानस” र “सँस्कृत रामायण”को नयाँ अध्याय (तुलसीकृत रामायण) का लागी प्रसिद्ध छन् । तुलसी दासले यो जगत छाडेर गएका लगभग ४५० बर्ष भइसक्दा पनि अझैपनि बिभिन्न पूजाकोठा, मठ मन्दिर, देवल, पुस्तकालय अनि बिधापिठहरुमा तुलसी दासको अवधी भाषाको रामायण देख्न सकिन्छ ।

कतिपयले त उन्लाई वाल्मिकीको पूर्नजन्मका रुपमा पनि लिए र अझै पनि उन्ले लेखेका हनुमान चालिसाका श्लोकहरु नेपाल, भारत लगायत विश्वभरिनै पढिने, गाइने अनि जपिने गरिन्छ ।

आफ्नो जिवनको अधिकाशं काल तुलसीदासले वाराणसी अर्थात वनारसमा विताएका हुन् ।

तुलसी दासबारे प्रचलीत अवधी श्लोक नेपाली भाषामाः

“चित्रकुटको घाटमा भयो सन्तहरुको भीड तुलसीदास प्रभू चन्दन घस्ने, तिलक लाउने रघुविर”

यस्ता धार्मिक साधकहरु चाहे कालिदास हुन या तुलसिदास, यिनीहरुका रुपान्तरणका कथाहरु अहिलेपनि मैथिल र अवध गाउँहरुमा बडो रसका साथ सुनाइने गर्दछ । तुलसीदास शुरुवातकालिन दिनमा आफ्नो पत्नीप्रति एकदमै आशक्त थिए, श्रिमती माइत गएको बेला एकदिन पनि छुटिएर बस्न नसक्ने तुलसीदास एकदिन साँझमा लुकेर ससुरालीको भिक्ता चढेर श्रिमतीको कोठा पुगेका थिए, झुक्किएर डोरी भनेर सर्प समातेर चढेको उनिलाई श्रिमतीले तपाई म प्रति कत्ति आशक्त हुनुभएको यो आशत्ति धर्म र भगवानमा भइदिएको भए आज तपाई कति ठूलो साधू हुनुहुने थियो भनेर भनेपछि धर्म र साधना प्रति लागेको जनविश्वाश र किवंदन्ती अझै गाउँ गाउँमा गुञ्जिने गर्दछ ।

त्यसपश्चात धर्म र भगवानप्रतिको भक्ति र सर्मपणको मार्गमा लम्किएका तुलसीदासको आज जयन्ती हो, उनका भनाइलाई हिन्दुधर्मको परिधी बाहिर पनि सहज व्याख्या गर्न सकिन्छ, उनी धार्मिक भन्दा पनि मार्मिक र मानवता अनि अध्यात्मका प्रवक्ता हुन्, जाँदा जाँदै तुलसी दासको यो भनाईः

“म उनलाई राम भन्छु , तिमी उनलार्इ आफ्नो हिसाबले जे नामले पनि सम्बोधन गर्न सक्छौ केवल उनमा तिमी विश्वाश राख, भौतिक आशक्तिलाई उनको समक्ष त्याग गर अनि हेर बिना कुनै कसरत तिमी एक अनुशासित बिचारक भइसकेका हुनेछौ । “

हिन्दु, बौद्धमार्गी, इस्लाम, जैन या अन्य धर्म मान्नुहुन्छ या धर्मनै नमान्ने नास्तिक हुनुहुन्छनै भनेपनि सत्यता र मौलिकताको पथमा अगाडी बढ्न हामीलाई आजको दिनले प्रेरित गरोस, अरुको सेवानै धर्म हो, सेवागर्न पछाडी नहटौं,

44