नेपाल नर्सिंग दिवस

राष्ट्रिय नर्सिङ दिवस नेपालमा हरेक वर्ष जनवरी महिनाको २८ तारिखका दिन मनाइन्छ । विक्रम सम्वत २०१८ सालमा नेपाल नर्सिङ संघको स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष जनवरी २८ मा नर्सिङ दिवस मनाउने गरिन्छ । अन्तर्राष्ट्रिय नर्सिङ दिवस भने फ्लोरेन्स नाइटिङ्गेलको जन्मोत्सवको दिन मे १२मा मनाउने गरिन्छ ।

बिरामीको सेवालाई सँधै आफ्नो जीवन भन्दा महत्व दिने, जस्तो सुकै परिस्थितिमा पनि सेवा नै धर्म हो भनेर बिरामीको सेवामा तत्पर रहने सबै नर्स दिदीबहिनीहरुमा सलाम एवम सम्मान ? राष्ट्रिय नर्स दिवसको शुभकामना |

344