राष्ट्रीय भूकम्प सुरक्षा दिवस
राष्ट्रिय भूकम्प सुरक्षा दिवस नेपालमा प्रत्येक वर्ष माघ महिनाको २ गते मनाइन्छ । विसं १९९० माघ २ गते नेपालमा आएको महाभुकम्पको सम्झनामा विसं २०५५ सालदेखि भुकम्प सुरक्षा दिवस मनाउन थालिएको हो ।
विक्रम संवत १९९० सालमा गएको विनाशकारी भूकम्पले ८ हजार ६ सय नागरिकको ज्यान लिएको थियो भने २५ हजारभन्दा बढि नागरिकका घरहरु भत्केका थिए । सोही दिनको स्मरण गर्दै सरकारले भूकम्प सुरक्षा दिवस मनाउन सूरु गरेको हो ।