श्री गुरु गोविन्द सिंह जयन्ती

गुरु गोबिन्द सिंह को ५ जनवरीको दिन जन्म जयन्ति हो। गुरु गोबिन्द सिंहको मान्यता थियो कि “मनुष्यले न कसैसँग डराउन हुन्छ न कसैलाई डराउनु हुन्छ”। एक महान योद्धा, कवि, भक्त र आध्यात्मिक नेता गुरु गोबिन्द सिंह, ११ नोभेम्बर १६७५ मा आफ्नो बुबा गुरु तेघबहादुरको मृत्यु पछि सिखहरूको दसौं गुरु हुनुभयो। आफ्नो जीवनभर सबैलाई प्रेम, एकता र भ्रातृत्वको सन्देश दिनुभएको गुरु गोबिन्द सिंह निक्कै शान्त व्यक्तित्व हुनुहुन्थ्यो। आफ्नो अहित सोच्ने दुश्मनहरुसँग पनि गुरुले सहनशीलता, मधुरता र सौम्यताको साथ सामना गर्नुहुन्थ्यो ।

उनलाई बाल्यकालमा गोबिन्द राय भनिन्थ्यो। उनका पिता गुरु तेघबहादुर नवौं सिख गुरु हुनुहुन्थ्यो। गुरु गोबिन्दको जन्म हुदा पिता गुरु तेघबहादुर असममा धर्मको शिक्षा बाट्न जानुभएको थियो। गोबिन्द सिंहको बाल्यकालको ४ बर्ष पटनामा बितेको थियो। पटनामा उहा त्यसबेला बस्ने घरलाई अहिले “तखत श्री पटना साहिब” नामको गुरुद्वारा स्थापना गरिएको छ। ४ बर्ष पटनामा बिताएपछि उहा आफ्नो परिवार सँग पन्जाब आउनु भएको हो। त्यसको दुइ बर्ष पछि फेरी गुरु गोबिन्द सिंह आफ्नो बुवा आमासंग हिमालयको शिवालिक पहाडमा बसाइ सर्नुभयो र त्यहाँ बाट उनको प्रारम्भिक शिक्षा सुरु भयो।

गोबिन्द सिंह र उनका पिताको पहलमा उहाहरु बस्नुभएको ठाउ पूर्णतया कुनै पनि किसिमको भेदभावबाट मुक्त हुदैगयो। त्यहाका मानिसहरुमा समानताको लहर फैलाउन गोबिन्द सिंहका पिता निरन्तर लागिरहे। तर, केहि कश्मिरी पण्डितहरुले गोबिन्दका पिता तेघबहादुरलाई जबर्जस्ति धर्म परिवर्तन गरेर मुसलमान बन्न दवाव दिएपछि तेघबहादुरले इस्लाम स्वीकारेनन् र त्यसै कारण दिल्ली को चांदनी चौकमा उनको पिता गुरु तेघ बहादुरको शिर काटी हत्या गरियो। यहि निर्मम घटना पछि गुरु गोबिन्द सिंह सिखहरुको नयाँ गुरुको रुपमा स्थापित भएका हुन्।

318