कीर्तिपुर इन्द्रायणी जात्रा – सात गाउँले जात्रा – बखुमद

कीर्तिपुर नगरपालिका क्षेत्रमा प्रत्येक वर्ष सात गाउँले जात्रा मनाइन्छ। काठमाडौंको दक्षिण पश्चिममा कीर्तिपुर, पाँगा, नगाउँ, ल्ह्वःकोट, बोसीगाउँ, सतुङ्गल र मच्छेगाउँमा बस्नेहरुलाई सात गाउँले भन्दछन् |उक्त जात्रा नगरपालिका क्षेत्रका सात स्थानमा पटकपटक गरी मनाइन्छ। मल्लकालदेखि नै नगरक्षेत्रमा सात गाउँले जात्रा ‘लाखेपा’ मनाउने गरिन्छ। मल्लकालमा एक राजकुमार कीर्तिपुरमा बास बस्न आउँदा लाखेपा नामको दैत्यसँग झगडा गरी राजकुमारले उक्त क्षेत्रबाट हटाएपछि स्थानीय जनताले खुसियाली मनाएको किम्वदन्ती छ।मङ्सिर शुक्ल चतुर्थीका दिनदेखि लाग्ने यो जात्रा कीर्तिपुर र यस आसपासका सात गाउँमा सात दिन सम्म लाग्छ|

  • पाँगा – वैष्णवीदेवीको जात्रा
  • कीर्तिपुर- इन्द्रायणी जात्रा – इन्द्रायणी पीठमा विशेष पूजाआजाका साथ सुरु हुने इन्द्रायणीदेवीको खटयात्रा देवढोकाबाट सुरु भई समल, लायकु, इटाछें, तननी, सिंहदुबालहुँदै बाघभैरवमा आएर सम्पन्न हुन्छ|
  • नँगाउँ
  • सतुङ्गल
  • ल्ह्वःकोट
  • बोसीगाउँ
  • सतुङ्गल
  • मच्छेगाउँ

प्राचीनकालको कुरा हो । स्वयम्भु महाचैत्य अगाडि एक ऋषि नैकापको वैष्णवी पिठ नजिकै यज्ञ गरिरहेको थिए । त्यस नजिकै रुखमा एक बथान परेवा बसेका थिए । परेवा देखेर एक शिकारीले गुलेली हिर्काएर परेवा घाइते बनाई दिएछन् । घाइते परेवा ज्यान बचाउन अनेक प्रयास गर्दा गर्दै पिठ नजिकको ऋषिले चलाएको यज्ञकुन्दामा होमिन पुगेछ । निर्दोष परेवाको अकालमा बिनाकारण जीवन नै समाप्त भयाे । विशुध्द धर्म भावले गरेको यज्ञ होममा परेवाको प्रण होमिएपछि पश्चाताप स्वरुप ऋषिले बखु (परेवा) मर्यो (मन्त) भन्दै प्रत्येक बर्षको मङ्सिर शुक्ल दशमीका दिन जात्रा गर्ने परम्परा बसाएका हुन् । नेपाल भाषामा बखुमंत जात्रा नै कालान्तरमा “बखु मदः” जात्रा हुन पुगेको जानकारहरु बताउँछन् । यस जात्रालाई सातगाउँले जात्राको रुपमा पनि चिनिन्छ ।

एकीकरण अगाडि काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा सतुङ्गल, नैकाप मछ्छे गाउँ, पाँगा, न गाउँ, बोशी गाउँ, किर्तिपुरसहितको छुट्टै राज्य रहेको थियो । यही सातगाउँ भित्रका आदिवासी नेवार समुदायमा मुख्य रुपमा मनाइने जात्रामा सातगाउँ भित्रका विभिन्न नेवार जाति मध्ये एक जातिलाई थकालीको रुपमा मानि जात्रा मानिने परम्परा रहिआएको छ ।

295