नेपाल क्षयरोग निवारण संस्था स्थापना भएको दिनको सम्झनामा हरेक बर्ष मंसिर १३ गते राष्ट्रिय क्षयरोग दिवस मनाउने गरिन्छ । क्षयरोग विरुद्ध जनचेतना जगाउने र उपचार सेवामा सहयोग पुर्याउने उद्देश्यले २०१० सालमा नेपाल क्षयरोग निवारण संस्था स्थापना गरिएको थियो ।

नेपालमा कुल जनसंख्याको ४५ प्रतिशतमा क्षयरोगको संक्रमण छ । विश्व स्वास्थ्य संगठनका अनुसार क्षयरोगबाट विश्वभर हरेक वर्ष १४ लाख मानिसको मृत्यु हुन्छ भने नेपालमा हरेक बर्ष ५ देखि ७ हजार मानिसको मृत्यु हुने गरेको छ ।
नेपालमा क्षयरोग निवारणकालागि विरामीलाई चिकित्सकको प्रत्यक्ष निगरानीमा गरिने ‘डट्स’ विधिबाट निःशुल्क उपचार हुदै आएको छ । देशका ७५ वटै जिल्लामा चार हजार भन्दा बढि स्वास्थ्य संस्थाहरुमा डट्स विधिबाट उपचार हुँदै आएको छ ।
स्वास्प्रश्वासबाट सजिलै सर्ने यो रोगको संक्रमण मधुमेह, एचआइभी, क्यान्सर, मिर्गौला प्रत्यारोपण गरेका लगायत विरामीमा बढि हुन्छ ।