फूलखर्क (धादिङ) गंगाजमुनामेला

उत्तरी धादिङको गङ्गा जमूना ५ फुलखर्कको ढाडखर्कमा अवस्थित गङ्गा जमुना माईको मेलामा हजारौ भक्तजनकहरको भिड लाग्ने गर्दछ । हरेक वर्ष कार्तिक शुक्ल दशमीको दिन लाग्ने उक्त मेलामा भकतजनहरु रातभर जाग्रम बसी नाचगान गरी भोली नुहाएर फर्कने गर्दछन ।

मेला स्थल गंगाजमुना झरना २ हजार ८ सय मिटर उचाइृमा रहेको पहरोबाट खसेर १ हजार ८ सय मिटर उचाइमा रहेका तिर्थालु जम्मा हुने सभा क्षेत्रमा आइपुगेको छ । १ हजार ८ सय मिटर माथिबाट एकैपटक खस्दा पानीले झर्नाको रुप लिई पानीको थोपाहरु हावामा बयेली खेल्दै मोतीका दाना झैँ टल्कदै गरेको दृश्य पर्यटकहरुको लागि आकर्षक बन्ने गरेको स्थानिय बताउँछन । गंगाजमुना झरनालाई हिमालय पुराणमा दिदी बहिनी रुपमा वर्णन गरिएको पाईन्छ ।

गंगा जमुना झर्ना नजिकै अर्को धारा छ, जसलाई स्थानियहरु कुकुर धारा भन्ने गर्छन् । यस धारा गणेशको आँशुबाट बगेको यसमा कीट नाशक गुण समेत भएको विश्वास गरिन्छ । उक्त कुकुर धारामा नुहाए कुकुर वा जीव जन्तुले टोकेको विष हटेर जान जन विश्व रहि आएको छ । गंगा जमुनालाई हिमालय पुराणमा दिदी बहिनीको रुपमा वर्णन गरिएको पाईन्छ । यसै झर्ना मिसिएर भारतमा पुगी प्रसिद्ध गंगा नदी बनेको र यहाँको गंगा जमुनाले जस्तै त्याहा गंगा र यमुनाले प्रसिद्धि कमाएको बताईन्छ ।

किम्बदन्ती

१३ सय वर्षअगाडि गंगा र जमुना नाम गरेका दुई छोरीहरू बेपत्ता भएको र परिवार खोज्दै जाँदा गुफाभित्रबाट हामी यही सुरक्षित छौं, हामीलाई यहीँ पूजापाठ गर्नुहोला भनेपछि उनै गंगा र जमुनाको सम्झनामा हरेक वर्ष गंगाजमुना माइको मेला सुरू भएको किम्बदन्ती छ ।

गंगा जमुनाको झर्ना संगै रहेको चट्टान भित्र टलक्क टल्कने रुविको मुखमा दुध र जल हालीदिने परमपरा धेरै पुरानो हो । जस्लाई गणेशको मुख (सुड) को रुपमा अर्थयाउने हाम्रा पृर्य हजुरबुबाका पुस्ताहरु सायदै ४० वर्ष यता कोहि जिवित रहेनन्नै । दुर्घटनावस काटेको मान्छेमा पशुको टाऊंको जोडेर वनेको गणेशलाई रगत र वलि नदिने परमपरा छ । त्यसैले यसमा फुलका डोलि र पालियका परेबाहरुलाई स्वतन्त्र रुपमा आकाश गंगामा छोडिने गरिन्छ ।

निरन्तर धामि झाक्रिहरुको आगमन भईरहने यस पर्वतमा जडिबुटिको अथाहा परिकार रहेको विस्वास मात्र गरिदैन यहांको जडिवुटिको रसहरुबाट बग्ने पानीले जनावरहरु टोकाईमा लाग्न सक्ने रेविज जस्ता घातक रोगको पनि उपचार हुने विस्वासमा अझै निरन्तरता छ ।

हनुमानले औषधि खोज्न आऊदा नाना थरिका जडिवुटि विच चाहिने जडिवुटि छुट्याउन नसकेर यहिको पाहाडनै उठायर लगेको र त्यसको परिपुर्ति भई रहोस (सिंचन) भनेर दुई विशाल नदिहरु गंगा र जमुनाको पानी वाफको रुपमा पठायको त्यो वाफनै यहि चट्टानमा ठोकियर झर्नाको रुप लिएको कथनहरु पाईन्छ ।

कसरी पुग्ने गंगाजमुना ?

गंगाजमुना गाउँपालिकाका प्रवक्त कुमार अधिकारीका अनुसार गंगा जमुना झर्ना पुग्न काठमाडौंबाट करिब १ दिनको गाडीको यात्रा पार गर्नुपर्ने हुन्छ । अहिले गंगाजमुनाको फेदिसम्म कच्ची बाटो पुगेको छ । सार्वजनिक यातयातमा जानेहरुले भने काठमाडौंको माछापोखरीस्थित धादिङ्ग बसपार्कबाट सिधै गंगा जमुना (फूलखर्क) पुग्न सकिन्छ । धादिङ्गबेसीबाट सल्यानटारसम्मको करिब ३० किलोमिटर बाटो मध्ये टारीबेसीसम्मको बाटो पिच छ । त्यसपछिको करिब १५ किलोमिटर बाटो कच्ची छ । स्थानीय स्तरमा पाइने लोकल अर्गानिक) खानेकुराको स्वाद चाख्दै अघिबढ्दा त्यहाँको तामाङ्ग तथा गुरुङ्ग समुदायका विभिन्न धर्म र संस्कृतिको पनि अवलोकन गर्न पाइन्छ ।

2212