
नेपाल संवत्लाई नेपाल सम्वत् वा नेसं पनि लेखिन्छ ।
नेपाल संवत् नेपालमा प्रचलित एक लुनार क्यालेण्डर अर्थात् चन्द्रमासमा आधारित नेपालको मौलिक राष्ट्रिय संवत् हो। नेपाल संवतका प्रवर्तक शंखधर् साख्वा हुन् । उनले नेपालमण्डलका विपन्न जनताको ऋण तिरेर ऋणमुक्त बनाएको दिनको सम्झनामा यो संवत थालिएको हो । भक्तपुरका राजा राघवदेवको आज्ञामा वि.सं. ९३६ मा राष्ट्रिय सम्वतको रूपमा नेपालका कार्यालहरुमा चलाइएको थियो । नेपालमा औपचारिक रूपले यो संवत चन्द्र शमशेरको कार्यकालसम्म प्रचलनमा रह्यो । यो संवतको पहिलो दिन भारतीय विक्रम संवतको कार्तिक शुक्ल पक्षको दिनमा हुन्छ। यसमा एक औँसीबाट अर्काे औँसीलाई एक चन्द्रमास भनिन्छ। १२ औँसीको एक वर्ष हुन्छ । त्यसैले ३५४ दिनको एक वर्ष हुन आउँछ। तीन वर्षको एक चोटी अनला महिना अथवा पुरुषोत्तम महिना १३ औं महिना हुन आउँछ । राणा शासन कालमा यस संवत्लाई विस्थापित गरी भारतीय विक्रम संवत चलाउन सुरु भयो । पछि सन् २००७ सालदेखि पुन: नेपाल संवत्लाई राष्ट्रिय संवत बनाई सरकारी कामकाजको संवत बनाए । तर प्रचारको कमीले गर्दा यो संवत ओझेल परेको छ ।

इतिहास
पहिलो ज्योतिषका अनुसार शंखधरले घरमा ल्याएको बालुवा चार दिनपछि सुनमा परिणत भएको थियो । त्यो सुन उनले ऋणमा डुबेका गरिब जनतालाई बाँडेका थिए । अनि जनताले आफ्नो ऋण तिरेको भनाइ छ ।
अर्को किंवदन्ती अनुसार शंखधर भन्ने एक व्यापारी थिए । उनी धेरै धनी थिए । शंखधरका साथीहरू पनि व्यापारी थिए । तर शंखधरको जस्तो व्यापार उनीहरूको हुँदैनथ्यो । ती साथीलाई शंखधरको व्यापारप्रति डाह भयो । उनीहरूले जालसाजी गरेर राजालाई ‘यसले अनैतिक व्यापार गरेको छ’ भनी पोल लगाइदिए । यो उजुरीपछि राजाले शंखधरको सम्पत्तिमाथि अतिक्रमण गरे । यसबाट विचलित शंखधर जोगीजस्तै भएर हिँड्न थाले । पछि राजाले खोजतलास गर्दा अनैतिक नभएको पत्ता लाग्यो । राजाले पश्चताप गर्दै ‘तिमी इमान्दार रहेछौ, तिम्रो सम्पत्ति फिर्ता लैजाऊ’ भने । गुमिसकेको पैसा र सम्पत्ति फिर्ता पाएका शंखधरले ऋणमा डुबेका जनतालाई सहयोग गरे । सबै जनताको ऋण मोचन भयो । त्यस आधारमा पनि नेपाल सवंत् चलेको भनाइ छ ।
हालको प्रयोग
आधिकारिक रूपमा प्रयोग नभए तापनि यो संवत् जनमासमा प्रचलित छ। नेपालको प्राय: चाड तथा जन्मदिन चन्द्रसंवतको आधारमा मनाउने हुनाले यसको प्रचलन व्याप्त छ। नेवार समुदायका कतिपय चाडपर्व, धार्मिक तथा सांस्कृतिक पर्व यही संवतका आधारमा तय गरिएका छन् ।
महिनाहरू
- कछला:–नेपाल सम्वतको पहिलो महिनालाई करुणामयला पनि भनिन्छ। कार्तिक शुक्ल पक्ष प्रतिपदा सूर्योदय बेला भएको दिनलाई न्हुदँ अथवा नयाँ वर्ष भनिने हुदा अथवा नयाँ वर्ष भनिछ ।
- थिंला:– सर्ग थिंला आकाशमा धेरै ताराहरु देखिने, आकाश छर्लङ्ग हुने महिना भनिन्छ ।
- पोँहेला:– पोँ असिना र हिउँ पर्ने जाडो महिना भनिन्छ ।
- सिल्ला:– पहिला पहिला बिफरले मानिसहरुलाई सताउँथ्यो । त्यसैले सितला माईको पूजा गर्दथे, जसबाट सिल्ला हुन गयो । यस महिनामा सरस्वतीको पूजा पनि गरिन्छ। यही दुई अर्थबाट सिल्ला बनेको हुन सक्छ।
- चिल्ला:– चिरस्वायगुला, फागु पूर्णिमा, वसन्त ऋतुको आगमन हुने महिना भनिन्छ ।
- च्वला:–
- बँछला:– विक्रम संवतको पहिलो महिना मानिन्छ ।
- तँछला:– तथागतछला भन्न सकिन्छ । तथागत भनेको बुद्ध हो । बुद्ध संवतको पहिलो महिना मानिन्छ । बुद्ध जेष्ठ महिनामा जन्मेको प्रमाणित भएको छ ।
- देल्ला:– आजकाल दिल्ला भनिन्छ । यो देशभरि रोपाइँ गर्ने, मुख्य महिना आर्थिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण महिना भएकोले देला (दे भनेको देश हो) । भनिएको हो ।
- गुँला:– गुँला भनेको सुनसान ठाउँ, जहाँ पुर्खाहरु बसोबास गर्दछन् भन्ने कथन छ । त्यसैले पुर्खाहरुको सम्झनामा गाई जात्रा, जनैपूर्णिमा जूतो घर पवित्र गर्नेको रुपमा लिइन्छ ।
- ञला:– ञासी थनिगु लिंग ठड्याउने,ञा इन्द्रको चिन्ह, यो महिनामा इन्द्रजात्रा गर्दछन् ।
- कौला:– कौला भनेको केही आने अथवा भोज खाने महिना याने यो महिनामा दशैं पर्दछ ।