राष्ट्रिय धर्मसभा दिवस

वि.सं. २०६६ सालदेखि नेपालभर राष्ट्रिय धर्मसभा दिवस मनाउने चलन छ। आजभन्दा करिब १०० वर्षअघि, जब श्री ३ चन्द्रशमसेर नेपालका प्रधानमन्त्री थिए, नेपालको आधुनिक इतिहासमा पहिलो धर्मसभा वि.सं. १९६१ मा आयोजित भएको थियो। चन्द्रशमसेरले सम्पूर्ण विद्वान र पण्डितहरुलाई निम्तो दिएर एक हप्ता लामो धर्मसभा आयोजना गरेका थिए। यही धर्मसभापछि नेपालले आधिकारिक र औपचारीक सम्वत विक्रम सम्वत प्रयोग गर्न थालेको हो।

नेपाल सनातन संस्कार र परम्पराले भरिपूर्ण नेरापरूपमा अनेकतामा एकता भएको देश हो। धर्मसभामार्फत सम्पूर्ण धर्म, समुदाय र परम्पराको रक्षा गर्ने साझा थलो निर्माण भएको छ। राष्ट्रिय धर्मसभा नेपाली जनताको धर्म, वैदिक सनातन संस्कार र पहिचान जोगाउने कार्यमा निरन्तर सक्रिय छ।

वि.सं. २०६६ सालमा तत्कालिन सरकारले केही संवेदनशील निर्णय लिन खोजेको थियो – औपचारीक सम्वतलाई ईस्वी सम्वतमा परिवर्तन गर्ने र केवल ११ महिनाको १ वर्ष बनाउने योजना, साथै पशुपतिमा नेपाली भट्ट पुरोहित राख्ने निर्णय। विक्रम सम्वत नेपाली पहिचान, विज्ञान र परम्पराको महत्वपूर्ण कडी हो।

यसपछि नेपाली परम्पराको रक्षार्थ औपचारीक रुपमा धर्मसभाको दर्ता गरिएको थियो। गणेश चतुर्थीको दिन, हरितालिका तीजपछिको अवसरमा हरेक वर्ष राष्ट्रिय धर्मसभा मनाउने चलन छ। धर्मसभाले वैदिक सनातन अभ्यास, पञ्चाङ्ग निर्णय, चाडपर्व समावेशीकरण र नियमहरुको संरक्षणमा पनि भूमिका निर्वाह गर्दछ। पण्डित सम्मेलन मार्फत तिथीमिति, चाडपर्व र परम्पराको संरक्षण तथा सम्बर्धन गर्ने कार्य जारी रहन्छ।

2109