जुडशीतल (सिरुवा पर्व)

नयाँ वर्षको अवसरमा प्रत्येक वर्ष २ वैशाखमा यो पर्व मनाइन्छ । 

शिरुवा पर्व नेपालका थारू समुदायमा मनाइने एक पर्व हो । यो पर्व थारूहरूकै मात्र नभई अन्य समुदायहरुको पनि ठूलो पर्व हो। यो पर्व नयाँ वर्षको खुसीयालीमा मनाइन्छ। शिरुवा पर्वको शाब्दिक अर्थ-शीर्षस्थ अर्थात् वर्षको सबै भन्दा पहिलो पर्व, शुरुको पर्व हुन्छ। वर्षको सबैभन्दा पहिले हुने हुनाले थारू भाषामा शिरुवा पर्व (Shiruwa Pawain) भनिएको हो। यसलाई जुर सितल पनि भनिन्छ । थारू समाजमा “फगुवा उसारे आ शिरुवा पसारे” भन्ने भनाइ (उखान) प्रचलित छ। यसको अर्थ हुन्छ- पर्वको शुरुवात शिरुवाबाट हुन्छ र यसको अन्त्य फगुवा वा फागु पर्व पछि हुन्छ। यो पर्व बैशाखमा मनाइने हुनाले यसलाई वैशाखी (Vaishakhi) वा “बाईस पर्व” वा “जुडशीतल पर्व” (Jud Shital) पनि भनिन्छ।

विक्रम संवत अनुसारको नयाँ वर्ष प्रारम्भमा मनाइने दुईदिने पर्वमा पहिलो दिनलाई सतुवाइन र दोस्रो दिनलाई जुडशीतल भन्ने गरिन्छ ।

तराईमा बसोवास गर्ने आदिवासी थारु समुदाय लगायत राजबंशी, गनगाई, ताजपुरीया, धिमालको साथ साथै अन्य समुदायले पनि धुमधामसंग मनाउने गरेको पाइन्छ। नेपालको साथै भारत, थाइल्याण्ड, म्यानमार, कम्बोडिया, श्रीलंका, म्यानमार, लावोस इत्यादि देशहरुमा महासोंक्रान, थिनग्यान, पिमाई लाउ, चौलचाम थ्ले, आथुल अबुरुदु जस्ता बिभिन्न नामले उस्तै उस्तै विश्वासले मनाउने गरेको पाइन्छ। यो पर्व लाई समय परिवर्तनको संकेतको रुपमा पनि लिने गरिन्छ ।

1626