
२०३४ साल असोज ६ मा समाजकल्याण परिषद्को स्थापना भएको दिनको अवसर पारेर यो दिवस मनाइँदै आएको हो । सेवा नै धर्म हो, मन वचन र कर्मले सेवा गरौँ भन्ने उद्देश्यले परिषद्को स्थापना भएको थियो ।
समाज सेवामा नागरीकहरुको आकर्षण अनि नयाँ पुस्तालाई समाज सेवाप्रति अभिप्रेरित गर्नका लागि समाज कल्याण परिषद ले समाज सेवा दिवस मनाउन शुरु गरेको हो ।
सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घ संस्थाहरूका लागि एकद्वार नीति लागू गरेपछि परिषद्मा आबद्ध भई मुलुकमा सामाजिक क्षेत्रमा कार्यरत संस्थाहरूको सङ्ख्या ४६ हजार १८८ पुगेको छ । तीमध्ये दुई हजार ६५१ वटाले मात्र नवीकरण गरेका छन् ।