विश्व सांकेतिक भाषा दिवस

डिसेम्बर १९, २०१७ मा संयुक्त राष्ट्र संघले सन् २०१८ मा शुरु हुने गरि हरेको वर्ष सेप्टेम्बर २३ लाई अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसका रुपमा मनाउने निर्णय गरेको थियो | संयुक्त राष्ट्र संघको सेप्टेम्बर २३ लाई अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसका रुपमा मनाउने निर्णय सुनाईसम्बन्धी अपाङ्गता भएका बहिरा व्यक्तिहरुको पहिचान तथा सांकेतिक भाषाको महत्वका सम्वब्धमा जनचेतना जगाउनका लागि महत्वपूर्ण कदम हो | विश्वका झन्डै ७ करोड बहिरा नागरिकहरुको प्रतिनिधित्व गर्ने विश्व बहिरा महासंघ र हरेक देशका बहिरा संघ संस्थाहरुले यस बर्षको अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस विभिन्न कार्यक्रमहरुको आयोजना गरि मनाउदै छौ | यस वर्षको अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसको नारा “सांकेतिक भाषा  सबैका लागि हुन्” रहेको छ |   साथै विश्व बहिरा महासंघ र हरेक देशका बहिरा संघहरुले हरेक वर्ष सेप्टेम्बर २३ को सप्ताहलाई अन्तर्राष्ट्रिय बहिरा सप्ताहका रुपमा सप्ताहव्यापी रुपमा संसारभरी विभिन्न कार्यक्रमहरुको आयोजना गरि मनाउदै आएका छौं |

1140