निजामती सेवा दिवस

विक्रम सम्वत् २०१३ साल भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामति दिवस मनाउन थालिएको हो ।

निजामती सेवा मुलुकी प्रशासन सञ्चालन गर्ने बलियो प्रतिनिधि हो । यसले जनतालाई सार्वजनिक सेवा प्रवाह, शान्ति सुरक्षा, विकास निर्माण, राज्य सञ्चालन र व्यवस्थापनमा अहोरात्र खटिएको आम जनताको आशा र भरोसाको मियो हो । नेपाली जनताको आकाङ्क्षा बमोजिम सुशासन, भ्रष्टाचार मुक्त र विकासको लक्ष्यलाई हासिल गर्न तथा “ सुखी नेपाली समृद्ध नेपाल” को नारालाई साकार पार्न दह्रो इच्छाशक्ति भएको जिम्मेवार राजनीतिक नेतृत्व र पारदर्शी, जबाफदेही, सिर्जनशिल, सूचना प्रविधिको अधिकतम उपयोग गर्ने सक्षम कार्यकुशल र परिणाममुखी प्रशासनिक संयन्त्र हो निजामती सेवा । भनिन्छ कुनै पनि देशको राजनीति त्यहाँको प्रशासनिक सबलता भन्दा राम्रो हुन सक्दैन । राजनीतिक नेतृत्व आकृति हो भने प्रशासन ऐना हो ।

निजामती सेवाको इतिहास धेरै लामो छैन । प्रधानमन्त्री टंक प्रसाद आचार्यले वि.सं. २०१३ साल भाद्र २२ गते निजामती सेवा ऐनको घोषणा गरेको दिनलाई सम्झना स्वरूप निजामती सेवा दिवस मनाउन थालिएको हो । तर निजामती सेवाको ओज र गरिमालाई त्यति धेरै ध्यान दिइएको पाइँदैन किनकि २००७ सालमा प्रजातन्त्रको स्थापना भयो र २०१३ सालमा निजामती सेवा ऐनको घोषणा गरी हालसम्म यसले शासन व्यवस्थाको जे चरित्र बोकेर आएको थियो सोही अनुरूप चल्दै आएको ऐतिहासिक पृष्ठभूमि बोकेर निजामती सेवाले पछ्याउँदै आएको पाइन्छ ।

निजामती सेवा ऐन घोषणा भएको दिनलाई आधार मानी वि.सं. २०६१ सालदेखि औपचारिकरुपमा निजामती सेवा दिवसलाई मनाउँदै आएको इतिहास पाइन्छ । आफैमा दिवसलाई नारा अत्यन्त प्रगतिशील, आमजनताको इच्छा र चाहनालाई समग्रतामा र सुशासनको प्रत्याभूति दिन सक्ने उत्तरदायी, जिम्मेवार र सुशासनको प्रत्याभूति दिन सक्ने नाराहरू सिंहदरवारको मूल ढोकाहरूमा टाँसिएको पाइन्छ तर अवस्था चाहिँ आम जनताको इच्छा, आकाङ्क्षा र अपेक्षा अनुसार निजामती सेवाले जनविश्वास हासिल गर्न सकेको देखिँदैन । भनिन्छ राजनीतिक नेतृत्व जनताबाट आवधिक निर्वाचन मार्फत निश्चित अवधिका लागि आउँछन् यसलाई अस्थायी सरकार र जो हजारौँसँग प्रतिस्पर्धा गरी आफूलाई अब्बल साबित गरी निजामती सेवामा आएका ती स्थायी सरकार भनी चिनिने निजामती सेवा आफैमा अस्थिर प्रकृतिको भएको पाइन्छ । आफ्नो मूल्य मान्यता र साखलाई जोगाउन नसक्ने अवस्थामा देखिएको छ । राजनीति दबाब र प्रभावमा रहेर आफ्नो निजामती सेवा निष्पक्षता मूल्यमान्यता विपीरित कार्यसम्पादन गर्नु पर्ने स्थिति छ। निजामती सेवाले जसरी मेची महाकाली हिमाल र तराईमा अत्यन्त कठिन अवस्थामा समेत राज्यको उपस्थिति जनाएको पाइन्छ तर आम जनताले अनुभूति गर्ने गरी सेवा प्रवाह गर्न नसकेको अर्थात् हो ।

103