अन्तर्राष्ट्रिय श्रमिक दिवस

अन्तर्राष्ट्रिय श्रमिक दिवस मे १ तारिखको दिन विश्वमा अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको उत्सवको रूपमा मनाइने पर्व हो। यस दिन विश्वका ८० भन्दा बढी राष्ट्रहरूमा आधिकारिक रूपमा सार्वजनिक विदा हुन्छ भने कतिपय राष्ट्रहरूमा सामान्य रूपमा मनाइन्छ। विश्वका धेरै राष्ट्रहरूमा यही दिनलाई आधिकारिक मजदुर दिवसको रूपमा मनाइन्छ भने केही राष्ट्रहरूमा यस दिन बसन्त ऋतुको पर्व मे दिवसको रूपमा मनाइन्छ। त्यस्तै अमेरिका लगायतका केही राष्ट्रहरूमा मजदुर दिवस अलग्गै दिनमा मनाइने गरिन्छ।

अन्तराष्ट्रीय श्रमिक दिवसको पुर्वसन्ध्यामा श्रम गरी खाने सम्पूर्ण श्रमिकवर्गलाई हार्दिक सुभकामना व्यक्त गर्दछु ।

१९ औं शताब्दिको औधोगिकीकरणमा यूरोपका उधोगपतीहरुले दैनिक १५ घण्टासम्म न्यून पारिश्रमिकमा श्रमशोषण गरीरहेको कहालीलाग्दो परिस्थितिका बीच त्याहाँका मजदुरहरुले १ मे १८८६ का दिन त्यसका विरुद्ध समानता,उपयुक्त श्रमज्वाला,उचित विदा सुविधा, र श्रम वातावरणको लागि एकीकृत हुने उद्घघोस गरे र ८ घण्टा काम ८ घण्टा आराम र ८ घण्टा मनोरन्जनको एक दिवसीय समय विभाजनको माँग गरे । सिकागोमा यही माग सहीतको मजदुरहरुको शान्तिपूर्ण पर्दशनकारीहरुमाथी गोली चलाउंदा थुप्रै प्रदशनकारीको हत्या भयो र ४ में का दिन आक्रोसित पर्दशनकारीद्वारा बमविष्फोट गर्दा ४ प्रहरीसहीत ७ जनाको मृत्यु भयो , त्यसपश्चात घटनाको मुख्य षड्यन्त्रकारी र दोषीको रुपमा ८ जना निर्दोषलाई पक्राउ गरी फाँसी दिइयो । यसकै ३ वर्षपछी French Socialist Party ले मे १ लाई ( श्रमीकहरु एकीकृत हुने घोषणा गरेको दिन ) International Workers Day को रुपमा मनाउने घोषणा गर्यो परिणामस्वरूप हामीपनी यो दिनलाई मनाउंदै आयका छौं ।

652