संयुक्त राष्टसंघीय शरणार्थी उच्चायोगको आव्हानमा प्रत्येक बर्ष जून २० मा यो दिवस मनाइन्छ । पूर्वी नेपालमा दुई दशकदेखि भुटानी शरणार्थी बस्दै आएका छन् ।

साथै तिब्बती शरणार्थी पनि नेपालका बिभिन्न शिविरहरुमा बस्दै आएका छन् । राष्ट्रसंघीय शरणार्थी उच्चायोगका अनुसार नेपालमा अहिले करिव २६ हजारको हाराहारीमा भुटानी शरणार्थी छन् । धेरै भुटानी शरणार्थीहरु राष्टसंघकै सहयोगमा पूर्नवासका लागि अष्ट्रेलिया, क्यानडा, डेनमार्क, नेदरल्याण्डस्, न्यूजील्याण्ड, नर्वे, बेलायत र अमेरिका पुगेका छन् ।